२५ पुष २०८२, शुक्रबार

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको सम्मेलन फागुन ६ र ७ गते हुने

0

दाङ । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको सम्मेलन आगामी फागुन ६ र ७ गते हुने भएको छ ।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको लमहीमा पुस २३ गते बसेको प्रथम बैठकले आगामी फागुन ६ र ७ गते लुम्बिनी प्रदेशको सम्मेलन र आधारभुत पत्रकारिता तालिम दाङको घोराहीमा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले माघको १७ गतेसम्म लुम्बिनी प्रदेशका सबै जिल्लामा संगठन गठन/पुनर्गठन गर्ने र केन्द्रबाट आएको सर्कुलरलाई कार्यान्वयन गर्ने निर्णय गरेको जनपत्रकार संगठनका नेपाल लुम्बिनी प्रदेशका संयोजक हेमन्तप्रकाश वलीले जानकारी दिए ।

बैठकले प्रदेशका सबै जिल्लाहरूमा संगठनलाई व्यवस्थित तथा सुदृढ गर्ने, पत्रकारको क्षमता अभिवृद्धि गर्न आधारभुत तालिम राख्ने र पत्रकारको हकहितका लागि संघर्ष गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकमा नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य तथा प्रमुख अतिथि अमर झाक्री मगर (सन्जीव)ले जनपत्रकारहरुले मिसन र व्यवसायिकताको अन्तरबिरोध हल गरेर अगाडी बढ्नुपर्ने बताए ।
उनले भने– ‘यो तपाइँहरुको विशुद्ध पत्रकारिताको कुरा होइन् , यो समाजलाई सहि दिशानिर्देश गर्नुपर्ने समय हो। राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा छ । जनपत्रकारहरुले स्वाधीनता र समाजवादका पक्षमा कलम चलाउनुपर्ने आवश्यकता हो । तपाइँहरुले मिसन र व्यवसायिकताको अन्तरविरोध हल गरेर अघि बढ्न सक्नुपर्दछ ।’

नेता सन्जीवले सामाजिक उत्तरदायित्व सहितको जनपक्षीय पत्रकारिता नै असली जनताका पत्रकारहरुको दायित्व भएकाले राष्ट्र र जनतालाई सर्वोपरी राखेर कलम चलाउन अपिल गरेका थिए ।

यस्तै बैठकका अतिथि नेकपा (माओवादी)का केन्द्रीय सदस्य विक्रम सीले जनताका दु:ख , पिडा र सरोकारका विषयमा कलम चलाएर सत्य तथ्य सुचना सम्प्रेषण गर्न सुझाव दिए ।
बैठकमा जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिती रहेको थियो ।
उनीहरुले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए।

बैठकको अध्यक्षता संगठनका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक हेमन्तप्रकाश वलीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।