२५ पुष २०८२, शुक्रबार

समाजवादी युवा जागरण अभियान दाङमा, आज विभिन्न ठाउँमा काेणसभा गर्दै

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले कञ्चनपुरबाट सुरु गरेको समाजवादी जागरण युवा अभियान बुधबार साँझ दाङ पुगेको छ ।

चार दिन अघि कञ्चनपुरबाट सुरु भएको अभियान कैलाली, बर्दिया र बाँके जिल्लाका विभिन्न क्षेत्रमा बाइक र्याली, कोणसभा, जनतासंगकाे भेटघाट तथा अन्तरक्रिया गर्दै दाङ पुगेको हो ।
अभियान टिमले बुधबार बाँकेको नेपालगन्ज र कोहलपुरमा कोणसभा गरेको छ।
सभामा बोल्दै वक्ता सीता सी, राजकुमारी सी, सन्दीप सी लगायतले अहिलेको कठपुतली सरकार खारेज गरी सर्वपक्षिय सरकार गठन गरिनु पर्ने बताएका थिए ।
कोणसभामा जनकलाकार हिमशिखर सी र पवित्रा सीले जनवादी गित मार्फत मनाेरञ्जन दिएका थिए ।
यसअघि अभियान टिमले मंगलबार बर्दिया जिल्लाको राजापुर र गुलरिया, सोमबार कैलालीको धनगढी, लम्की र टिकापुर र कञ्चनपुरको गड्डाचाैकी महेन्द्रनगर, पुर्नबास , बेलौरी र बेलडाँडीमा कोणसभा, माेटरसाइकल र्याली तथा अन्तरक्रिया कार्यक्रम गरेको थियोे ।
नेकपा (माओवादी) ले देशकाे पूर्व, मध्य र पश्चिमबाट एकै साथ समाजवाद र स्वाधीनताकाे पक्षमा जागरण पैदा गर्न, पार्टीका नीति र विचार जनतासम्म पुर्याउन र चुनाव निष्पक्ष तथा भयरहीत वातावरणमा सम्पन्न होस् भन्ने लक्ष्य राखेर अभियान चलाएको जनाएको छ ।
याे अभियान टिमले बिहीबार दाङका विभिन्न ठाँउमा कार्यक्रम गर्ने अभियान टिमका कमाण्डर प्रेम सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।