दाेलखा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) की केन्द्रीय सदस्य सम्झना सीले आगामी निर्वाचन माओवादीमय हुने दावि गरेकी छन् । समाजवादी युवा जागरण अभियानका क्रममा दाेलखाकाे चरिकोटमा आयाेजित काेणसभालाई सम्बाेधन गर्दै उनले आगामी निर्वाचन माओवादीले जित्ने दावी गरेकी हुन् ।
माओवादीसँग नयाँ विचार, नयाँ नेतृत्व र नयाँ याेजना रहेकाले जनताले माओवादीलाई मतदान गरेर जिताउने बताइन् । “हामीले माओवादीलाई ५२ सालकाे माओवादी भन्दा कयाैं राम्रो बनाएर आएका छौं । अहिले हामीसँग आफ्नै विचार छ, निर्विवादित नेतृत्व छ, हामी आत्मनिर्भर भएका छौं ।, उनलेे भनिन्, “याे पटक जनताले विवेक पुर्याए हामी जित्छौं भन्ने हाम्रो विश्वास छ ।”
उनले चुनाव नजिते पनि माओवादी अरू पार्टी जस्ताे निराश नहुने बताउँदै देश जित्नका लागि संघर्ष जारी रहने उद्घोष गरिन् ।
सभालाई सम्बाेधन गर्दै अर्का केन्द्रीय सदस्य काजी सीले रवि, वालेन टुप्पोबाट पलाएकाले देशकाे नेतृत्व गर्न नसक्ने जिकिर गरे । “टुप्पोबाट पलाएका ऐेजेरूहरूले देशकाे नेतृत्व गर्न सक्दैेनन्, उनीहरुलाई जराकाे महत्व थाहा हुँदैन ।”, रवि, बालन लक्षित टिप्पणी गर्दै उनले भने, “टुप्पोबाट पलाएकालाई भाेट हालेर आफ्नाे मत खेर नफाल्नु हाेला ।”
अभियान टाेलीले सिन्धुपाल्चोकाेे खाँडिचाैरमा पर्चा वितरण, बार्हबिसेमा पर्चा वितरणसहित काेेणसभा गरि दाेलखा आइपुगेको थियो । अभियान टाेलीले जिरीमा पनि पर्चा वितरण गरेकाे थियाे ।



