दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को समाजवादी युवा जागरण अभियानले दाङका विभिन्न ठाउँहरुमा बिहीबार जनतालाई समाजवाद र राष्ट्रिय स्वाधीनताका विषयमा स्पष्ट पारेको छ ।
अभियान टिमले जनताको घरदैलोमा पुग्दै जनभेटघाट गर्नेदेखि,कोणसभा तथा जनसभा गरी जनतालाई समाजवाद र राष्ट्रिय स्वाधीनताकाबारे स्पष्ट पारेको हो ।
अभियान टिमले अहिलेको राजनीतिक संकटको अग्रगामी निकास भनेको अमेरिकी साम्राज्यवादीहरुले बनाएको कठपुतली सरकार खारेज गरी सर्वपक्षीय सरकार बनाएर निर्वाचनमा जानुपर्ने सन्देश जनतामाँझ दिएको छ ।
कंचनपुर,कैलाली,बर्दिया र बाँके हुदै बुधवार साँझ जिल्लाको राजपुर पुगेको अभियान टिमले विहिवार जिल्लाको जंग्रहवा, गढवा चोक, लमही र भालुवाङ गरी ४ ठाउँमा कोणसभा र सभा गरी जनतालाई समाजवाद र स्वाधीनताका विषयमा जाग्रीत गरेको छ ।
कोणसभामा बोल्ने अधिकाँस नेताहरुले सामाज्यवादी कठपुतली सरकारको खारेज विना चुनाव हुन सक्ने चेतावनी दिएका छन् ।
भालुवाङ बजारमा भएको सभामा नेकपा (माओवादीका पोलिट व्यूरो सदस्य तथा अभियान टिमका कमाण्डर प्रेम सीले सम्वोधनमा राजनीतिक तरलता कायम रहेको टिप्पणी गर्दै अहिलेको सरकार खारेज र नयाँ सर्वपक्षीय सरकार गठन विना जनताको पक्षमा निर्वाचन हुन नसक्ने चेतावनी दिए ।
उनले जय घण्टी ! भन्नेहरु साम्राज्यवादको पछि लागेर नेपाललाई युक्रेन बनाउन खोजिरहेको भन्दै त्यस्ता राष्ट्रघाती दलालहरुलाई समयमै चिन्ह नेपाली जनतालाई आग्रह गरे ।
‘जेनजीको नाममा एमविसीले सरकार बनायो, जेनजी आन्दोलनलाई विदेशीले कब्जा गरे, यो कठपुतली सरकार हो, यो खारेज हुनुपर्छ, सर्वपक्षीय सरकार बनाउनु पर्छ’ नेता प्रेम सीले भन्नु भयो, ‘नेपालमा बैदेशीक हस्तक्षेप बन्द गर्नका लागि नयाँ सरकार चाहिन्छ, संविधानको पूर्नलेखन गर्नुपर्छ, भ्रष्टाचार अन्त्यका लागि उच्च स्तरिय नागरिक आयोग बनाई उच्च स्तरिय न्यायलय गठन हुनुपर्छ,।’
नेता प्रेम सीले जसरी पनि आफ्नो पार्टीको लक्ष्य समाजवादमा पुग्नु रहेको जिकिर गर्दै समाजवाद ल्याउने अभियानमा सबै जनतालाई एकपटक गुलाफ चिन्हमा मतदान गरेर माओवादीलाई जिताउन अपिल गर्नु भयो ।
उहाँको अपिललाई दाङवासी जनताले गम्भीरतापूर्व लिदै अबको चुनावमा माओवादीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै जिल्लाको गढवामा भएको कोणसभामा नेकपा (माओवादी) का पोलिट व्यूरो सदस्य तथा उम्मेदवार सितल सीले सम्वोधन गर्दै पुरानै शाषकहरुले नयाँ अनुहार बनाएर जनतालाई फेरी पनि भ्रम फैलाईरहेको बताए ।
उनले अमेरिकी साम्राज्यवादले नेपालको राजनीति कव्जा गरेको भन्दै साम्राज्यवादी हस्तक्षेप विरुद्ध माओवादी मात्र संघर्षमा रहेको स्पष्ट पारे ।
नेता सीतल सीले नेपाली जनताले आफ्नो सत्ता आफै बनाउन पाउने व्यवस्था स्थापित हुनुपर्ने बताउदै त्यसका लागि सर्वपक्षीय सरकार बनाएर नेपालमा निर्वाचन गरिनुपर्ने बताए ।
उनले अमेरिकी दलालहरु जनतामा भोट माग्न आउदा जनताले उनीहरुलाई राम्रोसंग चिन्न पनि आग्रह गरे ।
कोणसभामा नेकपाका केन्द्रीय सदस्य विराट सीले भ्रष्टाचार र दलाल पुँजीवादका विरुद्ध माओवादीले जनयुद्धदेखि संघर्ष सुरु गरेको भन्दै अहिले पनि संघर्ष जारी रहेको टिप्पणी गरे ।
यस्तै जिल्लाको लमहीमा भएको कोणसभामा नेकपा (माओवादी)का युवा नेता तथा केन्द्रीय सदस्य भिष्म सी, केन्द्रीय सदस्य विवेक सी, भालुवाङको कोणसभामा माओवादीका समानुपातिक उम्मेदवार विक्रम सी लगायतका नेताहरुले वोल्दै दलाल पुँजीवादको अन्त्य र नेपाली विशेषताको समाजवाद विना नेपाल स्वाधीन नहुने ठोकुवा गरेका थिए ।
अभियाट टिमले सबै कोणसभाहरुमा ‘घुसतन्त्रले दु:ख पाईयाको छ, देशमा अव विप्लव चाहियाको छ’, ‘कृषिमा उत्पादन बढाऔं,आत्मनिर्भर देश बनाऔं’जस्ता देउडा गीत संगीतमार्फत जनतालाई जुरुक्क उठाउदै जागरण गरेको छ ।
भालुवाङको कोणसभामा जनकलाकार हिमशिखर सीले ‘रगतका मसीहरुले लेखिरहन्छौँ गीत, रोदन र वेदनामा गाइरहन्छौँ संगीत’ भन्ने जनयुद्धका बेला रचना गरिएको गीत गाउदा सहभागीसबैलाई भावुक बनाएको थियो ।
समाजवादी जागरण अभियानमा उत्साहका साथ जनताको सहभागिता रहेको थियो । अभियान टीम दाङका जनतालाई समाजवादी चेतनामा जागरण गर्दै बिहीबार साँझै कपिलवस्तु प्रवेश गरेको छ । शुक्रबार कपिलवस्तुका विभिन्न ठाउँमा अभियान टिमले आफ्ना कार्यक्रम गर्ने माओवादी कपिलवस्तुका इन्चार्ज संगम सीले जानकारी दिए ।



