२२ बैशाख २०८१, शनिबार

नेपाल बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद, मागप्रति सरकार गम्भीर नभए तेस्रो चरणको संघर्षको घाेषणा गरिने

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उल्लङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध आज आह्वान गरिएको नेपाल बन्दलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
बन्द सफल भएपछि प्रेस विज्ञप्ति जारी गर्दै ४कम्युनिस्ट पार्टीले बन्द सफल गर्न सहयोग गर्ने पार्टीका युवा, विद्यार्थी, सम्पूर्ण उद्योगी, यातायात व्यवसायी, मजदुर, किसान, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी एवं आमजनसमुुदायलाई धन्यवाद दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ले आज साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै आजको नेपाल बन्दको क्रममा काठमाडौं, दाङ, पोखरा, चितवन, बाँके, कैलाली, काभ्रे,बाजुरालगायत देशैभरीका जिल्लाहरुबाट बन्दकर्ता तथा जनतामाथि सरकारले गरेको दमन, धरपकड एवं गिरफ्तारी गरी थप झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्रको घोर निन्दा एंव भत्र्सना गर्दै गिरफ्तार गरिएका सम्पूर्णलाई तत्काल ससम्मान रिहाई गर्न जोडदार माग गरिएको छ ।
जिम्मेवार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूका मागहरुप्रति सरकार गम्भीर नभए तत्काल बैठक बसि तेस्रो चरणको संघर्षको कार्यक्रमहरु घोषणा गरिने विज्ञप्तिमार्फत जानकारी समेत दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।