८ बैशाख २०८१, शनिबार

चार दलिए संयुक्तमोर्चा काभ्रेले रिहाईको माग सहित निकाल्यो विज्ञप्ति

0

काभ्रे । काभ्रेका कृयाशिल चार दलिय संयुक्त मोर्चाले गिरप्टार कमरेडहरुको विनासर्त रिहाईको माग गरेको छ । मोर्चाले विज्ञप्ति मार्फत लोकतन्त्रको खिल्ली उदाउने नेपाल सरकारलाई नागरिक समाज, मानव अधिकारवादी, पत्रकार लगाएत सरोकारवाला निकाएहरुलाई सत्यतथ्य छानविन गरी दाषीलाई कार्वाहीको माग गरिएको छ । अन्यथा थप संघर्षको कार्यक्रमहरु अगाडी वढाउने र त्यसवाट उत्मन्न समस्याको जिम्वेवार सरकार रहनुपर्ने चेतावनी पनि दिईएको छ ।

विज्ञप्तिको पुर्णपाठ :
चार दलिय संयुक्त मोर्चा काभ्रेको बिज्ञप्ती
नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको तीन बुदे सहमतीको सरकारद्वारा उलंघन, नेकपाका महासचिव क विप्लव लगायत ३५ जनालाई पक्राउ पुर्जी, एमसीसी र एसपीपी, चर्को महंगी, भ्रस्टाचार लगायतका गंभिर प्रकृतिका बिषयमा सरकारको ध्यानआकर्षणका लागि जनदवाफ स्वरुप चार दलिय संयुक्त मोर्चाको आयोजनामा संघर्षका कार्यक्रम सार्वजनिक गरिए अनुसार आज भाद्र ७ गतेको नेपाल बन्दलाई रचनात्मक कार्यक्रम जस्तै जेब्राक्रसिङ्ग्मा रंङ्ग्रोगन, बनेपा नगर सरसफाई गरिरहेको अबस्थामा नेपाल कम्युनिस्ट पार्टी विशेष कमिटी सदस्य क प्रमोद, बिध्यार्थी नेता द्वे क दयारामसिंह लुहार, क प्रसान्त तामाङ्ग किसान राजेद्र तामाङ्ग, कलाकार क पल राउत र क संगीतलाई बनेपा इलाका प्रहरीले गिरफ्तार गरी ईलाका प्रहरी कार्यालय बनेपामा राखेको छ । लोकतन्त्रको खिल्ली उडाउने नेपाल सरकारसंग गिरफ्तार गरिएका कमरेडहरुलाई बिनाशर्त रिहाईको लागि जोडदार माग गर्दछौं । साथै नागरिक समाज, मानव अधिकारवादी, पत्रकार लगायत सम्वन्धित सरोकारवाला निकायहरुले रिहाईको पहलका लागि अनुरोध गर्दछौं । अन्यथा संघर्षका थप कार्यक्रम अघि बढाउन बाध्य हुने र उत्पन्न परिणामको जवाफदेहिता नेपाल सरकारको नै हुने कुरा यसै प्रेष बिज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं । प्रेरक सेकैटरी नेकपा काभ्रे र योगेश राल्फाली अध्यक्ष नेकपा (माओवादी समाजवादी) काभ्रे को संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।