१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी इलाम नगरपालिकाको सम्मेलन सम्पन्न

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टी इलाम नगरपालिकाको नगर सम्मेलन सोमबार सम्पन्न भएको छ । विशालको नेतृत्वमा २१ सदस्यीय कमिटिलाई निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका जिल्ला सचिव मौसम र जिल्ला कमिटी सदस्यहरुको समेत आतिथ्यता रहेको थियो ।

सम्मेलनमा उपस्थित नगरका पार्टी सदस्यहरुलाई प्रशिक्षण मन्तव्य राख्दै सुमनसिंहले यतिबेला इतिहासले नेपाली जनताको बिचमा देशको रक्षा गर्ने र जनताहरुलाई सम्पूर्ण संकटबाट मुक्त गर्नु पर्ने जिम्मेवारी सुम्पेको बताए । उनले देशको रक्षार्थ र जनतालाई अधिकार सम्पन्न बनाउंदै देशलाई समृद्ध गर्न यो मरिसकेको दलाल पुंजिवादी संसदिय व्यवस्थालाई फ्याकेर त्यसको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने बताए । उनले यसको निम्ति जुझारु र सशक्त युवाहरुको पंक्ती तयार गर्नु पर्ने र सिंगो समाजलाई नेतृत्व प्रदान गर्न तयार हुनु पर्ने बताए । यसको लागि यो नगर समिती सक्षम साबित हुने छ भन्ने विश्वास व्यक्त गर्दै शुभकामना दिए ।

सम्मेलनमा पार्टीका जिल्ला सचिव मौसम, जिल्ला सदस्य बिमल, मुना, दिनेश लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता नगर इन्चार्ज नवराजले गरेका थिए भने संचालन विनोदले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।