६ बैशाख २०८१, बिहीबार

नेकपा नवलपरासीको छैटौं जिल्ला सम्मेलन, सेक्रेटरीमा प्रताप मिश्र निर्वाचित

0

नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले प्रताप मिश्रको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी निर्माण भएको  छ ।

सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य सञ्जिव कुमारले विश्वमा एउटै अर्थात् परम्परागत ढङ्गबाट क्रान्ति सम्पन्न हुँदैन भनेर एकीकृत जनक्रान्तिमार्फत मात्रै क्रान्ति सम्भव छ भनेर विचारको विकास गरेकोे बताउनुभयो । 

उहाँले नेकपामाथिको प्रतिबन्ध नेपालका शासकहरुको एकीकृत जनक्रान्ति र विचारलाई सिध्याउने उद्देश्यले गरिएको षड्यन्त्र भएको बताउनुभयो । उहाँले सरकारले नेकपासँग गरेको ३ बुँदे सहमति अहिलेसम्म लागू नगरेको अझ सहमति लागू गर्नुको सट्टा महासचिव विप्लव लगायतका नेता कार्यकर्तामाथि पक्राउ पुर्जी जारी गर्नु निन्दनीय भएको भन्दै तत्काल खारेज गर्नुपर्ने बताउनुभयो । 

सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज जुझारुले नेकपा ३ बुँदे सहमतिमा प्रतिबद्ध भएर अगाडि बढेको तर सरकारले अहिलेसम्म तीन बुँदे सहमति विपरित नेताकार्यकर्तामाथि प्रकाउ पुर्जी जारी गरि आफ्नो चरित्र उदाङ्गो बनाएको बताउनुभयो । उहाँले  नेकपा गरीखाने वर्गको हातमा सत्ता लिनको लागि देशमा हुने विभिन्न खालका बेथिति विसंगति भ्रष्टाचारका विरुद्ध निरन्तर लडेको बताउनुभयो  ।

सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा नवलपरासी नवलपुर जिल्ला इन्चार्ज ध्रुवले नेपालमा जनयुद्धको सुरुवात नभएको भए राजतन्त्रको अन्त्य नहुने बताउदै जनयुद्धको मूल लक्ष्य पुँजीवादी व्यवस्थाको अन्त्य गर्ने रहेको बताउनुभयो ।

उहाँले जनयुद्धको नेतृत्व गरेका व्यक्तिहरु विसर्जनवादको बाटोमा गएपछि राजनीति वैचारिक तहबाट विचलन र भ्रष्टिकरण भएपछि  आत्मसमर्पण र गद्दारहरुको बिचबाट नयाँ नेतृत्व चुनेर महासचिव विप्लवको नेतृत्वमा पार्टी निर्माण गरेकोे बताउदै राष्ट्रियता जनजीविका भ्रस्टाचार र महंगीविरुद्वको कार्यक्रम अगाडि बढाउँदै गर्दा नेकपा जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो ।

उहाँले राज्यबाट पाउने मौलिक हकमा हुनेखाने र हुँदा खानेहरुबीच समान नभएको भन्दै हरेक क्षेत्रमा समान हक अधिकार दिलाउनको लागि दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र सबै समस्याको समाधान वैज्ञानिक समाजवादबाट मात्रै हल हुने बताउनुभयो ।

सम्मेलनमा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सहसचिव बिहानी मगर, जिल्ला सल्लाहकार  संयोजक ओम लगायत  सहिद तथा बेपत्ता परिवारका जिल्ला संयोजक देविलाल खनाल लगायतले शुभकामना दिनुभएको थियो । 

सम्मेलन रामप्रित हरिजनको स्वागत मनतव्य जिल्ला सेक्रेटरी धिरज रानाको अध्यक्षता र प्रताप मिश्रको सन्चालनमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।