१३ बैशाख २०८१, बिहीबार

नेकपा ईलाम फाकफोकथुमको सम्मेलन सम्पन्न सेक्रेटरीमा लिला थापा

0

ईलाम । नेपाल कम्युनिस्ट पार्टी, ईलाम फाकफोक थुम गांउपालिकाको सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले लिला थापालाई पालिका सचिबमा निर्वाचित गर्दै १३ सदस्यीय कमिटि गठन गरेको छ । सम्मेलनले ठाकुर भट्टराईलाई पालिका जनपरिषदको प्रमुखमा निर्वाचित गरेको छ ।

सम्मेलनमा पार्टीका जिल्ला सचिब मौसमको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनमा मौसमले राज्य ब्यवस्था मरिसकेको हुनाले जनताले असाध्यै दु:ख झेल्नु परेको बताए । उनले यो मरिसकेको ब्यस्थालाई चिहानमा नगाडे जनता र रास्ट्रले सुरक्षित र समृद्ध बन्ने स्थिती नआउने बताए । आफ्नो पार्टी बिरुद्ध घेराबन्दी हुनु दु:खद रहेको बताउंदै यस्तो रबैयाको डटेर प्रतिबाद गर्न सबै तयार हुनु पर्ने उनले बतांउदै नवनिर्वाचित समितिलाई शुभकामना दिए ।

सम्मेलनको अधक्षता पार्टीका जिल्ला सदस्य तथा फाकफोकथुमका ईन्चार्ज गोपि खुलालले गरेका थिए । उनले जनतालाई ठग्ने, दुखदिने, भ्रस्टाचार गर्ने, दादागिरी गर्ने दलालका हनुमानहरुलाई आफ्नो पार्टीले चोक चोकमा कालोमोसो र जुत्ताको माला लगाउने बताए । उनले फाकफोक थुम पार्टी शक्तिसाली बन्दै समाजलाई क्रान्तिकारी नेतृत्व प्रदान गर्न सक्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा पार्टिका जिल्ला सदस्य बिमल आचार्यले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।