१३ बैशाख २०८१, बिहीबार

नेकपा रोल्पाको जिल्ला सम्मेलन भाद्र २७ र २८ गते हुने

0

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी, रोल्पाको छैटौं जिल्ला सम्मेलन यही भाद्र २७ र २८ गते लिबाङमा भएको छ । बिहीबार रोल्पाको लिबाङमा बसेको पार्टीको छैटौं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै गरी यही भाद्र २० गतेसम्म जिल्लाको सम्पूर्ण वडा, गाउँपालिका र नगरपालिकाको भेला तथा सम्मेलन गर्ने निर्णयका अतिरिक्त पार्टीको ऐतिहासिक ९ औं महाधिवेशन केन्द्रित महत्वपूर्ण निर्णयहरु पनि गरेको नेकपा रोल्पाले जानकारी दिएको छ ।
बैठक जिल्ला सेक्रेटरी दिनेश चन्दको अध्यक्षता तथा सञ्चालन पार्टी केन्द्रीय सदस्य सुवासको प्रमुख आतिथ्यता एवं विशेष समिति सदस्य सन्तोष सुबेदीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।