१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रिय वामपन्थी मञ्चको भेला कमलादी प्रज्ञा भवन काठमाडौंमा हुने

0

काठमाण्डौ । राष्ट्रिय वामपन्थी मञ्च नेपालको केन्द्रीय भेला यही भाद्र १७ गते हुने भएको छ । आज काठमाडौंमा मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले भाद्र १७ गते भेला गर्न थालेको हो । नेपालका विभिन्न स्वतन्त्र वामपन्थी शक्तिहरूलाई नेतृत्व गर्ने उद्देश्यका साथ सो राष्ट्रिय वामपन्थी मञ्चको भेला गर्न थालेको मञ्चका संयोजक पाण्डेले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् । सो भेलामा देशैभरिबाट प्रतिनिधिहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ । प्रेस विज्ञप्ति पुर्ण पाठः
प्रेस विज्ञप्ति
आज मिति २०७९ भाद्र ९ गते राष्ट्रिय वामपन्थी मञ्चको राष्ट्रिय भेला आयोजना गर्ने उद्देश्यले दीर्घ प्रसाद पाण्डेको अध्यक्षतामा काठमाण्डौमा वैठक वसी निम्न मिति, स्थान र समयमा मञ्चको राष्ट्रिय भेला सम्पन्न गर्ने निर्णय गरिएको कुरा सहर्ष जानकारी गराउँदछौं ।
कार्यक्रम
मिति : २०७९ भाद्र १७ गते, शुक्रवार ।
स्थान : प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौं ।
समय : दिउँसो १२ वजे ।
संयोजक दीर्घ प्रसाद पाण्डे
राष्ट्रिय वामपन्थी मञ्च राष्ट्रिय भेला आयोजक समिति
संयोजकद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।