७ बैशाख २०८१, शुक्रबार

निमन्त्रणा ‘स्मृतिमा वीरजङ्ग’ -सार्वजनिकीकरण कार्यक्रममा

‘नेपाली जनतालाई धोका नदिनु’ वीरजङ्ग

0

काठमाण्डौ । नेपालको राजनैतिक आन्दोलनहरुमा विरलै घट्ने घटनाहरुको एउटा घट्ना हो ‘जनयूद्ध’ । २०५२ फाल्गुन १ गतेवाट शुरु भएको नेपालको पृथक वर्ग संघर्ष चानचुने व्यक्तिहरुको आवद्धाता, संलग्नता र सहभागितामा भएको थिएन । त्यही भिडमा एक योद्धाको नाम हो वीरजङ्ग जस्ले ईरिवाङ्ग रोल्पामात्र हैन कपिल वस्तुमा भुमिहीनहरुलाई भुमि दिलाईदिने, अन्याएमा परेकालाई न्याए दिलाई दिने जनसेवक भएर काम गर्नुभयो । त्यति मात्र हैन पार्टीको निर्देशन र आवश्यकतामा नेपालको जुनसुकै भुगोल, समुदाय र समितिमा रहेर काम गर्नुभयो ।

उहाँ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य मध्यपश्चिम कमाण्ड ईञ्चार्ज रहदै गर्दा दाङवाट प्रहरी गिरिफ्टार पर्नुभयो । प्रेसर सुगर लगाएतको रोग संगसंगै लामो समय जेल हिरासत वसाईका कारण रोगले च्याप्दै लग्यो । नेपालको सम्पुर्ण अस्पटालहरु चाहारे पछी डाक्टरको निर्देशनमा भारत लगियो । उपचार सुधारोन्मुख देखिए पनि रोग वल्झियो । अन्तत वीरजङ्ग मृत्युको नजिक पुग्नुभयो र पार्टीलाई एउटा सन्देश पठाउनुभयो ‘नेपाली जनतालाई धोका नदिनु’

हो उनै एक कम्युनिस्ट जनयुद्ध, एकिकृत जनक्रान्तिको समेत कुशल योद्धा जनप्रेमी नेता वीरजङ्गको स्मृति ग्रन्थ २०७९ भाद्र २४ गते विहान ८ वजे नेपाल प्रयटनवोर्ड, प्रदर्शनी मार्ग काठमाण्डौमा स्मृतीमा वीरजङ्ग सार्वजनिकीकरण कार्यक्रम हुनेभएकोले उपस्थितिको लागी आयोजक समितिले सवैलाई निमन्त्रणा गरेको आयोजकले जनपत्रिका संग जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।