१६ चैत्र २०८०, शुक्रबार

नेकपा इलामको दोश्रो जिल्ला सम्मेलन सम्पन्न, जिल्ला सचिवमा मौसम निर्वाचित

0

इलाम: नेपाल कम्युनिस्ट पार्टी, इलामको आज सम्पन्न दोश्रो जिल्ला सम्मेलनले मौसमको नेतृत्वमा २५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

१६ गतेबाट सुरु भएको सम्मेलन इलाम सदरमुकाममा भव्य र्याली गर्दै खुल्ला सभा गरेर आज बन्दशत्रपछि उक्त कमिटिलाई निर्वाचित गर्दै सम्पन्न भएको हो ।

केन्द्रिय सल्लाहकार समितिका सदस्य होम खतिवडाले सचिव सहितको प्यानल प्रस्ताव गरेपछि सर्वसहमतिमा हलले सचिवसहित कमिटिलाई निर्वाचित गरेको थियो । खुल्ला छलफल र जनवादलाई प्रयोग गर्दै प्रस्तुत प्रतिवेदनमा र जिल्ला कमिटिको विषयमा टुङ्गो लगाइएको थियो ।

बन्दसत्रमा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य दिपेश, केन्द्रीय सदस्य सुमनसिंह र होम खतिवडाले प्रशिक्षण मन्तव्य राखेका थिए । जिल्लाले इलामको वर्ग संघर्षलाई नयाँ उचाईमा उठाउन महत्वपूर्ण संश्लेषणसहितको प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनले बलिदान गर्न सक्ने तहमा पार्टीलाई कसरी पुर्याउने र पार्टीको योजनाहरुलाई कसरी बोध गर्दै कार्यन्वयन गर्ने भन्ने विषयलाई केन्द्रमा राखेर आगामी योजनाहरु प्रस्तुत गरेको थियो ।

बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षता हुकुम मल्लले गरेका थिए भने संचालन गोपि बस्नेतले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।