१३ बैशाख २०८१, बिहीबार

क्रान्ति भिडले होइन, विचार र कार्यदिशाले गर्ने होः अनिल विरही

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल विरहीले क्रान्ति संख्या र भिडले होइन, विचार, कार्यदिशा र कार्यनीतिले गर्ने बताएका छन् । काठमाडौंमा जनगणतान्त्रिक सम्पर्क मञ्च साधारण शाखाको तेश्रो सम्मेलनलाई सम्बोधन गर्दै उनलेे यस्तो धारण राखेका हुन् ।

सम्मेलनको प्रमुख अतिथि रहेका विरहीले, चीनियाँ कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा १९ जनाले मात्र भाग लिएको र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनयुद्ध शुरु गर्दाको प्रसंगलाई जोड्दै, क्रान्तिको शिरा संख्या नभएर विचार, सिद्धान्त र कार्यदिशा मुख्य भएको बताएका हुन् । विरहीले भने, ‘क्रान्ति संख्या वा भिडले गर्ने होइन, मुलतः विचार, कार्यदिशा र कार्यनीतिले गर्ने हो । संख्या ठूलो कुरा होइन, विचार र कार्यदिशा सहि छ भने, क्रान्तिमा लामबद्ध हुनेको कमि हुँदैन । चीनियाँ कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा पनि १९ जना केन्द्रीय सदस्यहरूले मात्र भाग लिएको थिए ।’

नेता विरहीले, अन्र्तराष्ट्रिय अवस्था र परिस्थितिले नेपालको कम्युनिस्ट आनदोलन र क्रान्तिलाई कुनै पनि प्रभाव नपार्ने बताए । नेपाली क्रान्ति नेपाली जनताले नेपालकै आवश्यकताको आधारमा गर्ने र सफल पार्ने दाबी गरे । यद्यपी, विश्व बहुध्रुवमा ध्रुवीकृत भएको अहिलेको अवस्थामा क्रान्तिको लागि अनुकुल भएको बताए । नेपालमा सत्तामा रहेका दल र नेताहरू साम्राज्यवादीहरूको दलालीमार्फत देशमा हस्तक्षेपकारी भूमिका बढाएको र क्रान्तिलाई असफल बनाउन लागि परेको आरोप लगाए । तर, नेपाल कम्युनिस्ट पार्टीले त्यो हस्तक्षेपलाई जस्तोसुकै कठिन अवस्थाको सामना गरेर निश्तेज पार्ने दाबी गरे ।   

कार्यक्रमका अतिथि चिरन पुनले ३ बुँदे सहमतिको पहिलो बुँदामा सरकारले राजनीतिक संकट स्विकार गरेको र संसदीय व्यवस्थाको विकल्प संसदीय निर्बाचन र संसदीय व्यवस्था नभएको बताए । उनले भने, ‘सरकारले हामीसँग गरेको ३ बुँदे सहमतिको बुँदामा नै राजनीतिक संकट रहेको स्विकारेको छ । दलाल संस्दीय व्यवस्थाको विकल्प संसदीय निर्बाचन र संसदीय व्यवस्था होइन । त्यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था नै हो ।’

पुनले, सम्पूर्ण श्रमजिवीहरूको नेतृत्व गरेको र वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको लागि अघि बढेको क्रान्तिकारी पार्टीलाई दमन गर्ने संसदीय व्यवस्थाका पार्टी र नेताहरूको सरण संसारको कुनै पनि ठाउँमा नभएको स्पष्ट पारे । विश्वको कुनै पनि दमनले क्रान्ति र आन्दोलनलाई रोकेको इतिहास नभएको बताए ।

सम्मेलनमा नेकपा केन्द्रीय सदस्य रामलाल विश्वकर्मा, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघ महासचिव विनोद चन्दलगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनले जनगणतान्त्रिक सम्पर्क मञ्चको नयाँ नेतृत्व र कार्य समिति चयन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।