१४ बैशाख २०८१, शुक्रबार

पक्राउ पुर्जी फिर्ता नगरे प्रतिरोध गर्ने नेकपा नेता विवेकको चेतावनी

0

ओखलढुंगा : नेपाल कम्युनिष्ट पार्टी ओखलढुंगा जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

उक्त सम्मेलनले पुन: दिनेश सारुलाई सेक्रेटरीमा निर्वाचित गर्दै शुक्रबार सम्पन्न भएको छ ।
दिनेशको नेतृत्वमा १३ सदस्सीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।             

सम्मेलनको सुरूवात ओखलढुंगा जिल्ला पार्टी कार्यालयबाट सयौँको संख्यामा उपस्थित नेताकार्यकर्ताहरुले तीन बुँदे सहमति कार्यन्वयन गर, बन्दि कमरेडहरुलाई रिहाई गर, पक्राउ पुर्जी खारेज गर, बढ्दो महङ्गी नियन्त्रण गर, भ्रष्टाचारीलाई कार्बाही गर, एमसीसी एसपीपी खारेज गर जस्ता नाराहरु लगाउदै उद्योग वाणिज्य संघको सभा हालमा गएर उदघाट्न सत्रमा परिणत भएको थियो ।

उदघाट्न सत्रमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ओखलढुंगा, उदयपुर इन्चार्ज तथा कार्यक्रमको प्रमुख अतिथि विवेक कुमालले मैनबत्ति बालेर कार्यक्रम उदघाट्न गरेका थिए ।

नयाँ नेतृत्वलाई नेकपाका केन्द्रीय सदस्य तथा सम्मेलनका प्रमुख अतिथि विवेक कुमालले बधाई दिदै एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न नयाँ नेतृत्वलाई शुभकामना दिदै उनले दलाल पूँजीवादी सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति उल्लंघन गरि नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तालाई पक्राउ पुर्जी जारी गर्नु राज्यको गैरजिम्मेवारीपन भएको भन्दै आपत्ति जनाएका छन् ।
उनले सरकारलाई तीन बुँदे सहमति कार्यान्वयन गर्न र नेपाल कम्युनिस्ट पार्टीका महासचिव लगायतका नेताहरूलाई जारी गरेको पक्राउ पुर्जी फिर्ता र बन्दीहरुलाई रिहाई नगरे आफुहरु जुनसुकै बेलापनि राज्यको गलत रबैयाको सामना गर्न पार्टी तयार रहेको चेतावनी दिएका छन् ।

उनले सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वलाई जस्तोसुकै चुनौति आएपनि एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न सबै जना लामबद्ध भएर अगाडि बढ्नको लागि शुभकामना दिदै आफ्नो महत्त्वपूर्ण भनाईहरु राखेका थिए ।

बन्द सत्रको अध्यक्ष मण्डल असारे गजमेरको अध्यक्षता र कार्यक्रम सन्चालक यदुनाथ दाहालको संचालनमा केन्द्रिय सदस्य विवेक कुमालले प्यानल प्रस्ताव गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।