७ बैशाख २०८१, शुक्रबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशन तयारी अन्तिम चरणमा

0

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशन यहिं असोज १ गते हुने भएको छ । २०७४ फाल्गुन १ गते काठमाण्डौंमा उदघाटन गरि, रोल्पाको थबाङ्मा सम्पन्न ८औं महाधिवेशनवाट पारित नीति कार्यक्रम, कार्यदिशा, नेतृत्व तथा पार्टीको नाम समेत समय सान्दार्भिक मात्र भएको छैन् ।

नेपालको राजनीतिक गतिरोधको अन्त र अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याएको छ । सर्वहारा श्रमजीवी वर्ग र उत्पीडित समुदायको उज्ज्वल भविश्यको दिशानिर्देश पनि गरिरहेको छ । स्थानिय, प्रदेश र संघिय निर्वाचन खारेजी होस् । वा भ्रष्ट्राचार, महङ्गी, कालोवजारीहरुको जनकार्वाही ? विदेशी ठग एनसेल जनकार्वाही ? सवैमा जनसमर्थन सहित सफलता हासिंल गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी हो । यो पार्टीको एकिकृत जनक्रान्तिको कार्यदिशा यस्तो अवस्थामा प्रतिपादन भयौ । अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको राजनैतिक गतिरोधको साँझा साँचो वन्यो एकिकृत जनक्रान्ति ?

हो त्यहीं एकिकृत जनक्रान्तिको तरंगमा नेकपा दौडीरहेको छ । भुमण्डलीकृत उत्तर साम्राज्यवाद अस्तित्वको लडाई लडिरहेको छ । निगम पुँजीवाद अनि राष्ट्रिय स्तरका सामाजिक दलाल संसदिय पुँजीवाद सल्वलाई रहेकाछन् । फुटवाद, आत्मसमर्पणवाद, सवैखाले विभेद, अन्याए, अत्याचार, उत्पीडनको विरुद्धमा एकिकृत जनक्रान्ति जनताको साशन, जनताको सुरक्षा र न्याए दिन एकिकृत जनक्रान्ति सफल भएको छ ।

ऐतिहासिक ९औं महाधिवेशनलाई भव्यरुपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !! भन्ने मुल नाराकासाथ २०७९ असोज १ गते सम्पन्न हुनगईरहेको ९औं महाधिवेशन ऐतिहासिक र वर्तमान परिस्थितिको राम्रो संश्लेषण सहित आएकोले आगामी कार्यदिशा, नीति कार्यक्रम र नेतृत्वले वैज्ञानिक समाजवाद साम्यवादको लक्ष्यउन्मुख हुने दावी गरिएको आयोजकले जनपत्रिका संग जानकारी गराएका छन् ।

महाधिवेशन सम्पन्न गर्न टोल, वडा, गाउँ नगर र जिल्ला सम्मेलन भेलाहरु धमाधम भईरहेका छन् । नेपाल भरीवाट निर्वाचित भईरहेका प्रतिनिधि प्रवेक्षकहरुले महाधिवेशन तयारी अझ वढि आकर्शित देखिन्छ । वाटो, प्रतिक्षालय सार्वजनिक स्थानहरुमा नेकपाको महाधिवेशन नाराहरुले रङ्गिएका छन् । पोष्टर भित्तेलेखनका यि तयारी महाधिवेशन अन्तिम चरणमा पुगेको संकेट गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।