१७ बैशाख २०८१, सोमबार

नेकपा सिन्धुपाल्चोकको छैटौँ जिल्ला सम्मेलन सम्पन्न, सचिवमा युगीन निर्वाचित

नेपालको कम्युनिष्टहरुको एकता अपरिहार्य छ : आधार

0

सिन्धुपाल्चोक: नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको छैटौँ जिल्ला सम्मेलन चौतारामा सम्पन्न भएको छ । सम्मेलनले सचिव युगीनको नेतृत्वमा २१ सदस्य जिल्ला समिति सर्वसहमत निर्वाचित गरेको छ ।

सम्मेलनको उद्घाटन छ वटा मैनबत्ति बालेर पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज आधारले गरेका छन् । सम्मेलनलाई सम्बाेधन गर्दै उनले वर्तमान अवस्थामा नेपालको कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको उल्लेख गरे ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका आधारका अनुसार पहिला माओवादीहरुको एकता त्यसपछि सम्पूर्ण कम्युनिष्ट पार्टीहरुको एकताले मात्र २१ शताब्दीको मानव अस्तित्वको रक्षा गर्न सकिने ठहर रहेको छ । अमेरिका र चीनबिचको द्वन्द्वको कारण नेपाल संकटमा रहेको तर्क गरे । उनले भने, `चीन हाम्राे असली मित्र हो भने अमेरिका दुश्मन हो, त्यसैले चीन कम्युनिष्ट एकता चाहन्छ भने अमेरिका काङ्ग्रेसलाई काखी च्यापेर नेपालको स्वाधिनतामाथि हस्तक्षेप बढाउन चाहन्छ । त्यसैले स्वाधिनताको लागि कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको छ ।´
त्यस्तै उनले सिन्धुपाल्चोकले २०२८ सालमा बाह्रविसेका किसानहरुले गरेको ७ दिनसम्मको भोक हड्ताल, २०३६ सालको सत्याग्रह, २०३७ सालको जनमतसङ्ग्रह, २०४० सालको पञ्चायतविरोधी पिस्करमा भएको सांस्कृतिक कार्यक्रममा भएको काण्ड र १० वर्षे जनयुद्धमा खेलेको भूमिकाको सन्दर्भमा खुलेर प्रशंसा गरेका थिए ।
राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक, बढ्दो महंगीको कारण सरकारसँग नेपालका नागरिकहरु आजित रहेको आरोप लगाए । उनलेे तीन बुँदे सम्झौता विपरीत पार्टीको शिर्ष नेतृत्वहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको पक्राउ पुर्जी च्यातिनुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता आशनको क्रममा जिल्ला सचिव युगीनले नेपालको वैकल्पीक शक्तिको रुपमा आफ्नो पार्टीको उदय भएको जिकिर गरे । जिल्ला सचिव युगीनले सरकारले इमानदारीपूर्वक तीन बुँदे कार्यन्वयन गर्नुपर्ने अवस्थामा उल्टै पार्टीको मुख्य नेतृत्वमा झुट्टा मुद्दा लगाइ सहमति विपरीत वारेन्ट जारी गर्नु भनेको नेपाली जनतालाई धोका दिई फेरि देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको तर्क गरे । कार्यक्रममा विशेष सदस्य किरण, जेष्ठ कम्युनिष्ट बशिष्ठ बद्री शहीद परिवार निर बहादुर तामाङ, अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य पवित्रा विकको आतिथ्यता र जिल्ला भरका प्रतिनीधि तथा पर्यवेक्षकको सहभागिता रहेको थियो ।
सम्मेलन उद्घाटनको प्रारम्भमा राता पोषाकमा चौतारा बजार परिक्रमा गरेका थिए । कार्यक्रमको उद्घोषण जिल्ला सदस्य कम्युटरले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।