१५ चैत्र २०८०, बिहीबार

नेकपा भक्तपुरको ८ औं जिल्ला सम्मेलन सम्पन्न, सेक्रेटरीमा विजय निर्वाचित

जनताको विश्वासिलो भावनालाई पूरा गर्न नेकपा नेताकार्यकर्ता जनताप्रति जिम्मेवार बन्नुपर्नेमा नेता माइला लामाको जाेड

0

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामाले नेपाली जनताले विश्वास गरेको एक मात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकाले जनताको विश्वासिलो भावनालाई पूरा गर्न नेकपा नेताकार्यकर्ता जनताप्रति जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित नेकपा भक्तपुर जिल्ला समितिको ८ औं जिल्ला सम्मेलनमा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, `हाम्रो काँधमा अर्को थप जिम्मेवारी भनेको नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्टहरूलाई एकीकृत गर्नु हो । त्यसैले दृढ संकल्प लिएर जनताको आशालाई कम्युनिष्टहरूले गम्भीरतापूर्वक लिएर पूरा गर्न लाग्नु पर्ने नै अहिलेको आवश्यकता हो ।´

नेता लामाले दलाल पूँजीवादी संसदिय व्यवस्थालाई चिहानमा गाडेर त्यहीबाट एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादको स्थापना गर्नु नेकपाको प्रमुख लक्ष्य रहेको जिकिर गरे ।

उनलेे कम्युनिष्ट आन्दोलनमा लाग्ने नेता कार्यकर्तामा वर्गीय पक्षधरता, प्रतिबद्धता, व्यक्तिगत जीवन भन्दा माथि उठेको निस्वार्थ गुणहरु अनिवार्य रूपमा हुनुपर्नेमा विशेष जोड दिए । भक्तपुरमा एक छत्र आफ्नो पकड जसरी लिदैं आएको छ त्योबाट पाठ सिक्दै जनतामा खुट्टा टेकेको पार्टी बनाउन लाग्नेमा केन्द्रीय समिति विश्वस्त रहेको बताए । अन्यथा उसलाई कम्युनिष्ट मान्न नसकिने नेकपा केन्द्रिय सदस्य लामाको भनाई थियो । कम्युनिष्टहरूले सामुहिक उत्पादन र क्रान्तिलाई सङ्गै जोडेर अगाडि बढ्नु पर्ने उनले बताए ।
सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमान, पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज आस्थाको विशेष उपस्थिति रहेको थियो ।

नेकपाका भक्तपुर सेक्रेटरी विजय सिंहको अध्यक्षतामा भएको सम्मेलनमा अतिथिको रुपमा पूर्व सेक्रेटरी तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव कुशल बाेगटी, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव राजकुमारी शाही, मगर मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुर्दशन मंगाेल नेवा: मुक्तिमोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन, युवा सङ्गठनका केन्द्रिय महासचिव सावित्रा अधिकारी, शहिद तथा बेपता परिवारका आफन्त एकीकृत जनक्रान्तिका घाइते योद्धाहरुको पनि उपस्थिति थियो । उद्घाटन सत्रमा कम्युनिस्ट आन्दोलना पुरान नेता कृष्णबाग श्रेष्ठ, सहिद परिवार, बेपत्ता परिवार भक्तपुर जिल्लामा इन्चार्ज र सेक्रेटेरीमा रहि काम गरेर अर्को भूमिका रहनुभएका नेताहरुलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

आज नै बन्दसत्र शुरु भई पुन: विजयलाई सेक्रेटेरीमा निर्वाचित गर्दै विजयको नेतृत्वमा दुई जना थप्ने गरि २३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
बन्द सत्रमा नर्वनिर्वाचित टिमलाई बधाई तथा कार्यसफलताको शुभकामना भक्तपुर जिल्ला पूर्व सेक्रेटरी तथा महासङ्घका महासचिव कुशल बाेगटी, युवा संगठन नेपालका केन्द्रीय महासचिव बिदुसीले दिनु भएको थियो । नवर्निवाचित जिल्ला समितिलाई प्रमुख अतिथि माइलाले सपथ खुवाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।