१४ बैशाख २०८१, शुक्रबार

नेकपा बागलुङको प्रथम जिल्ला भेला सम्पन्न

0

बागलुङ : नेपाल कम्युनिस्ट पार्टी बागलुङ जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
सम्मेलनले महेन्द्र भण्डारी क्रान्तिको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिमा नेकपाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज राजन रहेका थिए । अन्य अतिथिहरुमा मगर मुक्ति मोर्चाका केन्द्रिय सदस्य नन्दराम थापा, केन्द्रिय सदस्य भुमिकर घर्ती, अखिल नेपाल किसान संगठनका केन्द्रिय सदस्य दिल बहादुर कुमाल जनस्वास्थकर्मी संगठनका केन्द्रिय सदस्य गोबिन्द सापकोटा, युवा संगठनका केन्द्रिय सदस्य सुन्दर र पार्टीका जिल्ला सदस्य अभयले मन्तव्य राखेका थिए ।

भेलालाई प्रमुख अतिथि केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज राजनले सम्बोधन गरेका छन् । उनलेे यो भ्रष्ट सरकारले पार्टीको तीन बुँदे माग पूरा गर्नुको सत्ता उल्टै पार्टीको महासचिव विप्लव लगायतको टिमलाई पक्राउ पुर्जी जारी गरेको बताए । आफ्नाे पार्टीको माग अनुसार सरकारले काम नगरेकोले अहिले भन्दा फरक तरिकाले जाने बताए ।
भेलाबाट नवनिर्वाचित सदस्यहरुलाई पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजनले बधाई तथा सफल कार्यकालकाे शुभकामना दिदै पार्टीले दिइएकाे जिम्मेवारी गम्भीर रुपमा ग्रहण गर्न निर्देशन दिएका थिए ।
सेक्रेटेरी आकाशको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रान्तिले गरेका थिए भने स्वागत मन्तव्य महेन्द्र विकले राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।