२६ बैशाख २०८१, बुधबार

नेकपा सुनछहरी गाउँपालिकाको प्रथम सम्मेलन पोबाङमा सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी रोल्पाले पार्टीलाई सुद्धिकरण र व्यवस्थित गरि अगाडि बढाउन विभिन्न पालिकाहरुको सम्मेलन सम्पन्न गर्ने क्रममा भदौ १८ गत्ते सुनछहरी गाउँपालिकाको प्रथम सम्मेलन पोबाङमा सम्पन्न गरेको छ । पार्टीको केन्द्रिय महाधिवेशन पूर्वसन्ध्यामा संसारका श्रमिक तथा उत्पीडित वर्ग एक हौं एकीकृत जनक्रान्ति जिन्दावाद भन्ने मूल नाराको साथमा सम्पन्न सम्मेलनको प्रमुख अतिथिमा रोल्पा जिल्लाका पूर्व जिल्ला इन्चार्ज तथा विशेष जिल्ला सदस्य प्रयासको प्रमुख आतिथ्यता रहेको थियोे ।
अन्य अतिथिहरुमा राेल्पा जिल्ला विशेष कमिटी सदस्य कुमार, जेष्ठ कम्युनिस्ट सदस्यहरू दिपक, पत्थर, सुनछहरी गाउँपालिका इन्चार्ज हेमन्त, जनपत्रकार संगठन रोल्पाका केन्द्रीय सचिवालय सदस्य हर्क घर्ती, सहिद परिवार सदस्य विशाल लगायतकाे आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा प्रत्येक वडाबाट पार्टी रिपोर्टिङ समेत गरिएको थियोे । प्रथम सम्मेलनबाट सुलभलाई सुनछहरी गाउँपालिकाको सेक्रेटरी चयन गर्दै २ जना पछि थप्ने गरि १७ जनाको नयाँ गाउँ कमिटी सदस्य चयन गरेको छ ।सदस्यहरुमा भावना, गणेश, हरि, सिज, पिंकी, बिजुली, निशा, याम, समर्थन, विशाल, बंगाल, बल्ब, सिर्जन र टोप चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।