१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी उदयपुरको तेस्रो जिल्ला सम्मेलन शुरु

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टी उदयपुरको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्र सुरु भएको छ ।
आज उदयपुरको सदरमुकाम गाईघाटमा सुरु भएको ऐतिहासिक तेस्रो जिल्ला सम्मेलन दुई दिनसम्म चल्नेछ ।

नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर, ओखलढुंगा जिल्ला इन्चार्ज विवेक कुमालको प्रमुख आतिथ्यमा सुरु भएको सम्मेलनमा नेकपाका विशेष कमिटी सदस्य प्रयास सुनार, राष्ट्रिय बामपन्थी मञ्च नेपालको केन्द्रिय सदस्य मिन प्रसाद पोख्रेल, सहिद तथा वेपत्ता परिवार समाजका जिल्ला कमिटी सदस्य दुर्गा पोख्रेल, नेकपा निकट जवस/मोर्चाका केन्द्रीय सदस्यहरुको आतिथ्यमा रहेको छ ।

नेकपा उदयपुर जिल्लाको तेस्रो सम्मेलन आयोजक कमिटीका संयोजक लक्ष्मण पौडेयालको अध्यक्षतामा सुरु भएको सम्मेलनको संचालन नेकपा उदयपुर जिल्ला तेस्रो सम्मेलन आयोजक कमिटीका सदस्य अमृत खत्रीले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।