१३ बैशाख २०८१, बिहीबार

नेकपा रुपन्देहीको सम्मेलन सम्पन्न, शिघ्र मानसिकताले क्रान्ति हुँदैन: सन्तोष बुढा मगर

0

बुटवल: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर `विषम´ले शिघ्र मानसिकताले क्रान्ति नहुने बताएका छन् ।

शनिबार बुटवलमा नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको छैठौं जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता बुढामगरले यस्तो बताएका हुन् ।

`शिघ्र मानसिकतामा क्रान्तिलाई बुझ्दा गलत ठाउँमा पुगिन्छ, कतिपय साथीहरु शिघ्रतामा बुझ्दा भड्कावको बाटोमा लागेका छन्, पाइला अगाडिपछाडि पर्दा हड्बडाउनु हुँदैन´ – नेता बुढमगरको भनाई थियो । क्रन्तिको नियमलाई दह्राेसँग पकडेर मात्रै अगाडि बढ्न सकिन्छ भन्दै उनले क्रान्ति आफ्नै पालामा हुने ठोकुवा गरे ।     
उनले पार्टीको आसन्न नवौं महाधिवेसन तोकिएको समयमै सम्पन्न गर्ने र महाधिवेशनले क्रान्तिका कार्यभारहरुलाई नयाँ ढंगले संश्लेषण गर्दै वर्तमान अन्तरविरोधहरुको हल गर्ने र मुलुकलाई निकास दिनेमा महाधिवेशन केन्द्रित हुने बताए । पार्टीलाई चुनावमा जान मात्र हैन महाधिवेशनलाई समेत प्रभावित पार्न पक्राउ पुर्जी लगायत अनेकौं षड्यन्त्र राज्यले गरिरहेको बताउँदै  उनले यथास्थितिमा चुनावमा जान नसकिने स्पष्ट पारेका छन् । उनले भने, ‘अमेरिकाको योजनामा गठबन्धन सरकारले पार्टी नेतृत्वलाई पक्राउ पुर्जी जारी गरेर द्वन्द्व निम्त्याउन खोजेको छ हामी त्यसको प्रतिवाद गर्छौं ।’

अर्को प्रसंगमा नेता बुढामगरले  चाइनालाई घेर्ने उद्देश्यले अमेरिकाले एमसीसी एसपीपी लगायतका परियोजना नेपालमा लागू गर्न खोजेको भन्दै तिनलाई कुनै हालतमा कार्यान्वयन गर्न दिन नहुनेमा जोड दिए ।   

अमेरिकाले विश्व साम्राज्यवादी संघियता जस्तो चलाउन खोजेको छ र विश्व परिस्थिति युद्ध तनावको स्थितिबाट गुज्रेको छ । अमेरिका यदी सेना ल्याउँछ भने हाम्रो पार्टी प्रतिबाद गर्छ प्रतिरोध गर्छ ।  उनले भने, `नेपालकै मुख्य क्षेत्रमा पर्ने अंग्रेजसँगको लडाईमा समेत विरता हाँसिल गरेको रुपन्देहीमा कम्युनिस्ट प्रभाव राम्रो भएकोले पार्टी केन्द्रको विशेष ध्यान पुगेको  छ यो सम्मेलनले त्यस विषयमा ध्यान देओस् ।´
सि जिङले महासचिवसँगै भेट्न खोजे पनि अहिले परिस्थिति अनुकुल नभएकोले आफ्नो पार्टीको स्थिति र बदलिंदो राजनितिबारे छलफलका लागि पार्टी प्रवक्ता चीन गएको नेता बुढामगरले बताएका छन् ।

यस्तै केन्द्रीय सदस्य तथा प्रकाशन प्रचार विभाग प्रमुख प्रज्जवलनले सबै राजनीतिक शक्तिहरुको बिचमा साझा राष्ट्रिय सहमति जरुरी रहेको बताएका छन् । राष्ट्रियता जनजीविकाका सवालमा मुलुकलाई निकास दिन क्रान्तिकारीहरु एकजुट हुनुपर्छ भन्दै उनले नेपालको क्रान्तिकारी आन्दोलनको विशिष्ट महत्व बोकेको रुपन्देही जिल्लाको सम्मेलनले विशेष नीति तय गरेर अगाडि बढ्न सुझाएका छन् । कसैको मनोगत चाहनाले क्रान्ति हुँदैन क्रान्तिको आफ्नेै नियम हुन्छ जसको तालमेल हुन जरुरी छ भन्दै उनले महाधिवेशनबाट थप परिष्कृत ढंगले दर्शन, राजनीति, आर्थिक, सांस्कृतिक विषयमा निकास दिने बताए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज कृति, केन्द्रीय सदस्य शरद वली, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराई, श्रमिक समुदायकी केन्द्रीय कोषाध्यक्ष जानकी बराह, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य बिष्णु क्षेत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
जिल्ला सेक्रेटरी विश्वासको अध्यक्षता एवं सचिवालय सदस्य नविनको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य जिल्ला नेता जितबहादुर रसाईलीले गरेका थिए भने संग्रामी सांस्कृतिक परिवारले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेको थियो ।

जिल्ला सेक्रेटरीमा विश्वास

यसैबिच उद्घाटन पछिको बन्द सत्रले विश्वासको नेतृत्वमा २९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ भने पार्टीको राजनीतिक सांगठनिक प्रस्ताव समेत पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।