१५ बैशाख २०८१, शनिबार

उदयपुरको पार्टी सचिवमा पुन: लक्ष्मण निर्वाचित

0

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी, उदयपुरको आइतबार सम्पन्न तेस्रो जिल्ला सम्मेलनले लक्ष्मणको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
उदयपुर जिल्लाको सदरमुकाममा भव्य र्याली गर्दै खुल्ला सभा गरेर बन्दसत्रपछि उक्त कमिटिलाई निर्वाचित गर्दै सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर, ओखलढुंगा इन्चार्ज तथा कार्यक्रमको प्रमुख अतिथि विवेक कुमालले सचिवसहितको प्यानल प्रस्ताव पेश गरेपछि सर्वसहमतिमा हलले सचिवसहित कमिटिलाई निर्वाचित गरेको थियो ।

बन्दसत्रमा प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य विवेकले प्रशिक्षण मन्तव्य राखेका थिए । उनले जिल्लाले उदयपुरको वर्ग संघर्षलाई नयाँ उचाईमा उठाउन यो नवनिर्बाचित टिमलाई सफलताको शुभकामना दिदै सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग गरेको तीन बुंदे सहमति कार्यन्वयन नगरि घोषणा गरिएको निर्वाचनको कुनै औचित्य नरहेको बताए । उनले आफ्नो पार्टीका महासचिव लगाएतका नेताकार्यकर्ताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेज नगरे बन्दिहरुलाई रिहाई नगरे देशमा ठूलो दुर्घटना निम्तिने चेतावनी दिएका थिए ।
बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षता अनिता गजमेरले गरेका थिए भने संचालन अखिल नेपाल शिक्षक संगठनका उदयपुर जिल्लाको अध्यक्ष तथा केन्द्रिय सदस्य युवराज कार्कीले गरेका थिए ।
जेष्ठ सदस्य जित बहादुर पुलामी मगरको अधक्षतामा पहिलो बैठक बसि सचिवमा सर्वसहमत टुङ्गो लगाई बैठकमा लक्ष्मण पौडेयाललाई उदयपुर जिल्ला पार्टीको सचिवमा निर्वाचित गरिएको थियो ।
निर्वाचित टिमलाई अतिथिहरुबाट अविर लगाएर बधाई दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।