१३ बैशाख २०८१, बिहीबार

नेकपा प्यूठानको तेस्राे पूर्ण बैठक सम्पन्न, भाद्र २४ गते पाँचौ जिल्ला सम्मेलन गर्ने

0

नेपाल कम्युनिस्ट पार्टी प्यूठानको तेस्राे पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै आइतबार सम्पन्न भएको छ ।
बैठकले भाद्र २४ गते पाँचौ जिल्ला सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्न राजनैतिक, साँगठनिक, आर्थिक रुपमा व्यापक तयारी गर्ने निर्णय गरेकाे छ । यहि भाद्र २४ गते दलाल पुँजीवादी राज्य व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिकाे आन्दाेलन ! सुदृढ संगठन र गतिशिल विचारकाे पक्षमा पाँचौं जिल्ला सम्मेलन !! भन्ने मूल नाराका साथ जिल्ला सम्मेलन सफल पार्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरेकाे छ । जसमा – व्यवस्थापन समिति संयाेजक गिरु प्रसाद भुसाल (परिवर्तन), प्रचार प्रसार तथा झण्डा व्यानर, व्याज निर्माण उपसमिति संयाेजक राजेन्द्र रावत क्षेत्री, अतिथि स्वागत सत्कार उपसमिति संयाेजक प्रकाश सुवेदी , पत्राचार उपसमिति संयाेजक बिरवल केसीलाई चयन गरेकाे छ । त्यस्तै यहि असाेज १ देखि काठमाडौंमा हुने नवाैं राष्ट्रिय महाधिवेशन केन्द्रीत विभिन्न अभियान सन्चालन गर्ने निर्णय गरेकाे छ ।
तेस्राे पूर्ण बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज दल बहादुर केसी (जागृति) ले आगामी भाद्र २४ गतेकाे पाँचौ जिल्ला सम्मेलन र पार्टीको नवाैं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पार्न सिंगाे पार्टी आ-आफ्नाे क्षेत्रबाट व्यापक रुपमा जनतामा जान जिल्ला समिति सदस्यहरुलाई निर्देशन दिए । नेपालमा दलाल संसदिय व्यवस्था असफल भइसकेकाेले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाकाे लागि एकीकृत जनक्रान्तिकाे विचार र कार्यदिशालाई जनताकाे माझमा व्यापक अन्तरक्रियासहित स्थापित गर्न पनि उनले अनुराेध गरे । जिल्ला सदस्यहरुद्वारा रिपोर्टिङसहित जिल्ला सेक्रेटरी केशवकाे अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला पार्टीका निवर्तमान सेक्रेटरी तथा विशेष कमिटी सदस्य गत वैशाख ३० काे स्थानीय निर्वाचनबाट निर्वाचित माण्डवी गाउँपालिका वडा नं. ४ उदयपुरकाेट का वडा अध्यक्ष डिल बहादुर घर्ती मगर (अजय), जनयुद्धका सहिद परिवार तथा जिल्ला पार्टीका सल्लाहकार माेहन गिरि लगायतले प्रशिक्षण दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।