१३ बैशाख २०८१, बिहीबार

प्रतिक्रियावाद र वामपंथी अवसरवादको विरुद्ध सङ्घर्ष गरौं –उमा भुजेल ‘शिलु’

0

कास्की पोखरा । नेपाल कम्युनिस्ट पार्टी कास्कीको ८औ जिल्ला अधिवेशन भदौ १९ गते पोखरामा सम्पन्न भएको छ । नेकपाकी वरिष्ठ केन्द्रिय सदस्य तथा गोर्खा, कास्की जिल्ला ईञ्चार्ज समेत रहेकी नेतृ उमा भुजेल शिलुले प्रमुख अतिथिको आसनवाट मनतव्य राख्दै ‘दलाल संसदीय व्यवस्था र नौरङ्गी अवसरवाद तथा फूटवादको विरुद्ध विगतमा जिल्लाले अनुकरणीय भूमिका निर्वाह गरेको र यो क्रान्तिकारी ‘स्प्रीड’ लाई भोलिको दिनमा पनि जारी राख्नुपर्ने’ वताइन् । कार्यक्रमकी प्रमुख अतिथि भुजेलले ‘कार्यदिशालाई वुझ्न नसकेको र रुपान्तरण हुन तयार नभएको फूटवादको विरुद्ध कास्की जिल्लाले नेतृत्व गरेकोमा’ बधाईसमेत दिईन ।

            अपरान्ह १२ः३० बजे पोखराको सबैभन्दा व्यस्त पृथ्वी चोकबाट पञ्चेबाजाको झाँकीसहित शुरु भएको जुलुस सभागृह चोक, सृजना चोक, जिरो कि.मि. हुँदै मासवार टोलमा रहेको गोल्डेन पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो । यस अघि ईलाम र कालीकोटमा खुला सभा सहित अधिवेशन उदघाटन भएका थिए । जुलुशको नेतृत्व प्रमुख अतिथि शिलुद्धारा गरिएको थियो । उदघाटन पछि पुष्प कार्की, सोममाया विश्वकर्मा, कुमार परियार, दीपा लामा र कमल खड्का रहेको ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष पुष्प कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा गोर्खा जिल्ला सचिव कपिल भट्ट, लम्जुङ सचिव आक्रोश, सहिद विजयराज वास्टोलाकी जीवन सङ्गिनी देवी वास्तोला, वेपत्ता योद्धा सोम वहादुर विककी आमा–बुवा ओम कुमारी र मन बहादुर विक, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिव उमेश सिके, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रकाश वास्तोला, जिल्ला सल्लाहाकार किसान सिंह गुरुङ र नवगठित राष्ट्रिय वामपंथी मोर्चाका पुष्प कार्की सम्मानित अतिथिकोरुपमा गरिमामय उपस्थिति थियो ।

 

              वन्द–शत्रले काजी गुरुङको नेतृत्वमा ४ सदस्यीय रिक्त रहेको पछि थप्ने गरी ३१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । हाँफे साँस्कृतिक परिवारले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि शिलुले गएको निर्वाचनमा पार्टीको कार्यनीतिको पक्षमा दृढतापुर्वक उभिएका पोखरा महानगर पालिकामा प्रमुख (मेयर)का प्रत्याशी किसान सिंह गुरुङ र उप–मेयर प्रत्याशी सोममाया विक, वडा अध्यक्षका प्रत्याशीहरु शिव भण्डारी, पुर्णा खड्का, निरुता विश्वकर्मालाई सम्मान गरिएको थियो । सो भव्य कार्यक्रमको सभा अध्यक्षता काजी गुरुङ र सञ्चालन ईन्द्र साउद र स्वागत मनतव्य पुरण पुन मगरले गरेका थिए । कार्यक्रममा पत्रकार श्रीप्रसाद घिमेरेको नेतृत्वमा विभिन्न संसदीय पार्टीहरु परित्याग गरेर नेकपामा प्रवेश गरेको प्राप्त समाचारमा जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।