१६ चैत्र २०८०, शुक्रबार

नेकपा कैलाली २ को प्रथम जिल्ला सम्मेलन सम्पन्न, सचिवमा सिताराम चौधरी

0

नेपाल कम्युनिस्ट पार्टी कैलाली २ को प्रथम जिल्ला सम्मेलन आइतबार सम्पन्न भएको छ ।

कैलालीको जोशीपुरमा भएको प्रथम जिल्ला सम्मेलनमा सिताराम चौधरी जिल्ला सचिवमा निर्वाचित भएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि बन्धु चन्दले नेपालमा भएका दलित, थारु, मधेसी राज्यबाट पिछडिएका वर्गहरूलाई कसरी अगाडि बढाउने भन्ने क्रियाकलापहरू राजनीतिक दलहरुमा हुनुपर्ने बताउनु भएको छ । २००६ सालदेखि स्थापना भएको कम्युनिस्ट पार्टीले थारु, दलित, जनजाति, मधेशी लगायत सम्पूर्ण पिछडिएका वर्गदेखि सम्पूर्ण व्यक्तिहरूको विकास तथा देशको विकासमा विभिन्न किसिमका रणनीतिहरू बनाउँदै आइरहेको बताउनुभएको छ । कैलाली २ गठन गर्नुको कारण धेरै संगठन बनाएर वैज्ञानिक समाजवादको लागि विशेष टिमहरू बनाएर यहाँबाट अग्रिम भूमिकामा जानुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमलाई शुभकामनाले सम्बोधन गर्दै पूर्व जिल्ला सचिव करण चौधरीले कैलालीमा कैलाली जिल्ला २ गर्नु भनेको कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ संरचना हुने बताउनु भएको छ । थारु हितको लागि केही व्यक्तिहरुले नयाँ पार्टी खोलेर नागरिक उन्मुक्ति पार्टी खोलेर तराईमा रहेका थारुहरुलाई धोका दिइरहेको उहाँले बताउनुभएको छ । उहाँले जबसम्म संसदीय व्यवस्थाको अन्त्य हुँदैन तबसम्म थारु, जनजाति, मधेसी, दलित लगायत अन्य राज्यबाट पीडित वर्गहरूको विकास हुन नसक्ने भन्दै त्यसको विकल्प भनेको वैज्ञानिक समाजवाद भएको बताउनुभयो । यसको लागि संघर्ष गर्ने र जस्तोसुकै परिस्थिति आएपनि एकचोटि फेरि एकमुष्ट थारु पहाडी काेही नभनि संसदिय व्यवस्थाको विरुद्धमा फेरि नयाँ परिवर्तनको लागि लड्न जरुरी भएको बताउनु भएको छ । पार्टी २०५२ सालदेखि अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीले यसैको अन्त्यका लागि लडिरहेको समेत उहाँले बताउनुभएको छ । रसिया, चाइना लगायत अन्य देशहरूमा पनि सर्वसाधारणका लागि नै क्रान्ति र क्रान्तिका लागि लड्ने कम्यूनिष्ट मात्र भएको उहाँले जानकारी दिनु भएको छ । अहिले सरकारमा भएका कम्यूनिष्ट भनेर जितेको पार्टीहरुले बेपत्ता, घाइतेदेखि सहिदहरुको लगायतका सम्पूर्ण जनयुद्ध र क्रान्ति गरेको त्यो बाटोमा नहिँड्ने भन्दै अहिले उहाँहरूको त्याग बलिदान र पसिनालाई हरेक सहिदको रगतको गलत फाइदा लिएको उहाँले धारणा राख्नु भएको छ ।

भर्खरै निर्वाचित कैलाली जिल्लाका सेक्रेटरी विनोद विष्टले पनि नवनिर्वाचित कैलाली जिल्ला दुईका सम्पूर्ण टिमलाई बधाई दिँदै यस विशेष जिल्लाले अझ भन्दा धेरै विशेष क्रियाकलापहरु र काम गरेर देखाउनुपर्ने र वैज्ञानिक समाजवाद लागू गर्नको लागि जस्तोसुकै आन्दोलनहरुमा अग्रिम भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ । आफूले पनि एक साथ नै दुइटै जिल्लाहरु मिलेर अगाडि बढाउन भूमिका खेल्ने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।