१३ बैशाख २०८१, बिहीबार

नेकपा ललितपुर गोदावरी नगरको नवौं भेला सम्पन्न

0

नेपाल कम्युनिष्ट पार्टीको ९ औं राष्ट्रिय महाधिवेशनको  पूर्वसन्ध्यामा ललितपुर जिल्ला अन्तर्गत गोदावरी नगर कमिटिको ९ औं भेला सम्पन्न भएको छ ।

ललितपुरको चापागाउँ, बज्रबाराहीमा भएको भेलाबाट मोहन शिवाकोटी सेक्रेटरी रहने गरि ११ सदस्यीय गोदावरी नगर कमिटी निर्वाचित भएको छ ।

भेलाको उद्घाटन समारोहका सभापति मोहन शिवाकोटी, प्रमुख अतिथि बिपिन नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय स्कुलिङ्ग विभागका सदस्य, विशेष अतिथिमा ललित पार्टीका ललितपुर जिल्ला सेक्रेटरी क्रमश: अतिथिहरु ललितपुर महानगर समिति सेक्रेटरी बज्र (महेश राज बज्राचार्य),  महालक्ष्मी नगर सेक्रेटरी तथा नेवा: मुक्ति मोर्चा केन्द्रिय उपाध्यक्ष रत्न महर्जन, मजदुर संगठनका केन्द्रिय नेता  अनुप, जिल्ला सदस्य विकास, बाबु कृष्ण महर्जनको आतिथ्यता रहेको थियो ।
उक्त भेलाको उद्घाटन प्रमुख अतिथि बिपिनद्वारा मैन बत्ति प्रज्वलन गरेर भएको थियो ।

भेलालाई आफ्नो महत्वपूर्ण भनाइसहित नेवा: मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष रत्न महर्जनले शुभकामना दिनु भएको थियो भने जिल्ला सेक्रेटरी ललितले प्रशिक्षणसहित प्यानल प्रस्ताव गर्नु भएको थियो ।
नवनिर्वाचित गोदावरी नगर सेक्रेटरी मोहन शिवाकोटीको प्रतिबद्धता मन्तव्यपछि भेला समापन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।