१६ चैत्र २०८०, शुक्रबार

नेकपा भोजपुरको जिल्ला सम्मेलनमा सेक्रेटरी तिलक गुरुङ्ग निर्वाचित

0

नेपाल कम्युनिस्ट पार्टी, भेाजपुर जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

उक्त सम्मेलनबाट तिलक गुरुङ्गको सेक्रेटरी रहने गरि २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

भोजपुर जिल्ला सचिव तिलकको अध्यक्षता भएको जिल्ला सम्मेलनको खुल्ला सत्रमा प्रमुख अतिथिका रुपमा नेकपाका केन्द्रीय सदस्य शैलेस, श्रमिक संगठनका केन्द्रिय महासचिव त्रिलेाचन, शहिद तिर्थका बुवा रिमानाथ घिमिरे, शहिद प्रशान्तका बुवा रेख बहादुर राई, शहिद प्रशान्तका जीनसंगिनी इन्द्रकला राई लगायत स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सोलुखुम्बु, खेाटाङ्ग, भेाजपुर जिल्ला इन्चार्ज शैलेशले कार्यक्रममा बोल्दै देशमा भएको दलाल भ्रष्टाचार, महङगी, कालोबजारी, बलात्कार एमसीसी, एसपीपीको बारेमा आफ्नो पार्टीले आवाज उठाउँदा राज्यले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यन्वयन गर्नुको साटो उल्टै नेपाल कम्युनिस्ट पार्टीको नेताकार्यकर्तालाई पक्राउ पुर्जी जारी गर्नु, बन्दि साथीहरूलाई रिहाई नगर्नु राज्यले देशलाई द्वन्द्वमा धकेल्न खोजेको बताए ।
उनले देशमा यो राज्य व्यवस्था दलालहरुको हातमा भएको कारण जनताले असाध्यै दु:ख झेल्नु परेको बताउँदै यो व्यवस्थालाई जरैबाट उखेलेर फ्याक्नको लागि आफ्नो पार्टी निरन्तर संघर्षमा रहेको जानकारी गराए ।
उनले राज्यले आफ्नो पार्टी विरुद्ध घेराबन्दी हुनु दु:खद रहेको बताउँदै यस्तो रबैयाको डटेर प्रतिवाद गर्न सबै तयार हुनुपर्ने बताउँदै नवनिर्वाचित कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिए ।
कार्यक्रमको संचालन मिलनले गरेका थिए । स्वागत मन्तव्य जिल्ला सदस्य तथा जनपत्रकार संगठनका केन्द्रिय सदस्य सुमन श्रेष्ठ (सर्गम) ले गरेका थिए ।

कार्यक्रममा शहिद राजुका बुबा र प्रशान्तका बुवालाई केन्द्रीय सदस्य शैलेस र श्रमिक संगठनका केन्द्रिय महासचिव त्रिलाेचनले खाँदा र दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।