८ बैशाख २०८१, शनिबार

नेकपा सल्यानको सेक्रेटरीमा मदन चन्द लगायत ३५ जना सदस्यीय समिति निर्वाचित

0

नेपाल कम्युनिस्ट पार्टी सल्यानको जिल्ला सेक्रेटरीमा मदन चन्द निर्वाचित भएका छन् । बिहीबार श्रीनगरमा सम्पन्न भएको छैठौं जिल्ला सम्मेलनले चन्दको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । 
त्यस्तै सम्मेलनले १३ जना सल्लाहकार समिति चयन गरेको छ ।
सम्मेलनमा केन्द्रीय सदस्य बलबहादुर ओली ‘शितल’को प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै उनले नेपालमा वैज्ञानिक समाजवाद नआएसम्म संसदीय व्यवस्थाको कुशासन चलिरहने बताएका छन् ।

उनले नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भएको बताए । उनले भने, ‘अहिले संसदीय व्यवस्थामा जनताको विश्वास छैन् । विस्तारै संसदीय व्यवस्थाको मत पनि घट्दै छ । अहिले निर्वाचनमा गएर भोट हाल्न जनताको रुचि पनि छैन् ।’

नेपालका संसदवादी पार्टीहरुले देश र जनतालाई आघात पुर्याएर काम गरिहरेकाे समेत उनको भनाई थियोे । विदेशीहरुलाई पोस्नेखालको नीति नियम बनाएर नेपाल र नेपाली जनतामा संसदवादीहरुले घात गरेको उनले बताए ।

निवर्तमान जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा भएको सम्मेलनमा केन्द्रीय सदस्य शितलको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनमा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेल, नेकपा बाँकेका सेक्रेटरी अनिल, पार्टी निकट विभित्र जनवर्गीय मोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरुले मन्तव्य राखेका थिए । सम्मेलनमा जिल्लाभरबाट सयौं संख्यामा नेता-कार्यकर्ताको उपस्थित रहेको थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।