१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी पाँचथरको भेला सम्पन्न, सेक्रेटरीमा सन्तोष बिष्ट

0

नेपाल कम्युनिस्ट पार्टी पाँचथरको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ ।
उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा पाँचथर, ताप्लेजुङ जिल्ला इन्चार्ज संगित, अन्य अतिथिमा युवा संगठन नेपालका जिल्ला संयोजक राजन बस्नेत, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा इलाम, ताप्लेजुङ, पाँचथर जिल्ला इन्चार्ज बिनोद मगरको उपस्थितिमा दोस्रो जिल्ला भेला सम्पन्न भएको हो ।
उक्त भेलाले जिल्ला सचिव सन्तोषको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
नवनिर्वाचित कमिटिलाई प्रमुख अतिथि बधाई तथा शुभकामना दिदै अहिलेको राजनीतिक परिवेश आजको युवाको भूमिका र एकीकृत जनक्रान्तिको औचित्यको बारेमा प्रष्ट पार्दै कार्यसफलताको शुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।