१३ बैशाख २०८१, बिहीबार

नेकपाको आसन्न ९औ महाधिवेशनसंगसंगै जुर्मुराए जातीए मोर्चाहरु पनि..

0

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीको आसन्न ९औ महाधिवेशनको मिति नजिकिदै गर्दा त्यस पार्टी भित्र नीति र कार्यक्रममा आफ्ना विषयहरु पनि दस्तावेजीकरण होस् भन्ने कुरामा चनाखो देखिएका छन् ।

यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको नजिकका जातिए संगठनहरु श्रमिक समुदाए मोर्चा नेपाल, मगर मुक्ति मोर्चा नेपाल, नेवाः मुक्ती मोर्चा नेपाल, तामाङ मुक्ति मोर्चा नेपाल, किराँत मुक्ति मोर्चा नेपाल लगाएतका नेतृत्वहरुको आजको अनौपचारिक वसाईले पार्टीलाई महत्वपुर्ण सुझावहरु सम्मिलित प्रतिवेदन वुझाउने निस्कर्षमा पुगेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा श्रमिक समुदाए मोर्चा नेपालका केन्द्रिय अध्यक्ष रामलाल विश्कर्मा, नेकपाकी नेतृ सन्तोषी वि.क., मगर मुक्ति मोर्चा नेपालका अध्यक्ष सुदर्शन थापा मगर, नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महर्जन, किराँत मुक्ति मोर्चा नेपालका संयोजक जीवन राई, तामाङ मुक्ति मोर्चा नेपालका महासचिव सलाम तामाङ् लगाएत मोर्चाका अन्य पदाधिकारी तथा सचिवालयको उस्थिति रहेको सो भेलाले वर्गीय विभेदताको मात्र वहसले नेपालको आन्दोलन पुरा नगर्ने निस्कर्ष पनि निकालेको छ ।

नेपालको जाती विभाजन भनेकै नेपालको वर्ग विभाजन भएकोले नेपालको कम्युनिस्ट आन्दोलनले जातीए उत्पीडन र विभेद्ताको हल गरेर मात्र वर्गिए मुक्ति आन्दोलनको मार्ग खुल्ने कुरामा सहभागीहरुको एकमत थियो । मधेश, मुश्लीम, श्रमिक, आदीवासी जनजाति, भेरी कर्णाली पहाडी खस आर्यहरु, महिला, मजदुर, किसान लगाएतका मुद्दाहरुलाई पार्टीले महत्वकासाथ उठाउनु पर्ने सुझाव पनि अगाडी सारेको छ ।

जातीय विषयलाई सम्वोधन गर्न स्वायत्तता, आत्मनिर्णयको अधिकार, अग्राधिकार, भाषा, भेष, संस्कार संस्कृति, भुगोल जस्ता पहिंचानको विषयलाई विषेश महत्वकासाथ राज्यले स्वीकार्र्नु पर्ने विषय पनि उत्थान गरिएको थियो ।

अहिलेको वुर्जुवा पुँजीवादी संघियता खारेज गरेर समाजवादी संघियता लागु गर्नुपर्ने लगाएतका विषयमा छलफल चलेको एक सहभागीले जनपत्रिकालाई जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।