१२ बैशाख २०८१, बुधबार

नेपाल कम्युनिस्ट पार्टी खोटाङको जिल्ला सम्मेलन सम्पन्न

0

खोटाङ: नेपाल कम्युनिस्ट पार्टीको ९ औँ महाधिवेशनको तयारी सँगसँगै देशैभरीका टोल, वडा, गाउँ नगर हुँदै जिल्ला भेला सम्मेलनहरु धमाधम भइरहेका छन् । खोटाङ जिल्लाले पनि आज तेश्रो जिल्ला सम्मेलन दिक्टेलमा सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज शैलेसको प्रमुख आथित्यतामा सम्पन्न सम्मेलनले सञ्जीव लुङ्घेली मगरको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । प्रमुख अथिति शैलेसले नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले मात्र नेपाली सर्वहारा वर्गको हितको लागी उभिने पार्टी भएकोले सम्पुर्ण देशभक्त प्रगतिशिल नागरिकहरु नेकपामा आवद्ध हुन आग्रह गर्नु भयो ।

नेपालका संसदवादी दलहरुले राष्ट्रघाटी एम.सी.सी., एस.पी.पी. सम्झौटा तथा कार्यक्रम कार्यन्वयन गर्नलागेकोले यसको विरुद्धमा नेकपाले जनता साथमा लिएर यो कुनै पनि हालतमा फिर्ता वन्दगर्ने दावी गर्नुभयो । नेकपाले ३वुँदे सहमतीलाई ईमान्दारीताकोसाथ पालना गरेता पनि सरकार गैरजिम्वेवार रहेर सहमती कार्यन्वयन गर्नुको उल्टो ललितपुर जिल्ला अदालतवाट पार्टीको मुख्य नेतृत्व लगाएतका नेता कार्यकर्ताहरुमाथी पक्राउ पुर्जी जारी गर्नु भनेको देश र जनताको चाहना विपरित जवरजस्त द्धण्द निम्त्याउन खोजेको आरोप पनि लगाउनु भयो । सरकारले पेलेर नेकपालाई आत्मसमर्पण गराउन खोजेकोले यसको आवश्यक परेमा जनतासंग एक भएर जवाफ दिने चुनौती पनि सरकारलाई दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।