१५ चैत्र २०८०, बिहीबार

नेकपा पर्वतको चौथो जिल्ला सम्मेलन सम्पन्न, सेक्रेटरीमा किरण

0

बागलुङ: नेपाल कम्युनिस्ट पार्टी पर्वतको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले किरणको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिमा नेकपाका केन्द्रीय सदस्य तथा पर्वत, स्याङ्जा इन्चार्ज विकिरण रहनु भएको थियो । अथितिहरुमा नेकपाका केन्द्रिय सदस्य तथा बागलुङ, म्याग्दी र मुस्ताङ इन्चार्ज राजन, शिक्षक संगठन पर्वतक संयोजक नारायण जिसी, बैकुण्ठ गिरी लगायतले मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा पर्वत स्याङ्जा जिल्ला इन्चार्ज विकिरणले सम्बोधन गर्दै भने,`यो भ्रष्ट सरकारले तीन बुँदे माग पूरा गर्नुको सत्ता उल्टै पार्टीको महासचिव विप्लव लगायतलाई पक्राउ पुर्जी जारी गरेको छ । यो सरकारले पार्टीको माग अनुसार काम गरेको छैन त्यसैले अहिले भन्दा फरक तरिकाले जानुपर्छ ।´
त्यसैगरी उनलेे पर्वतमा भएका विकास निर्माणका कामहरुको अनुगमन गरि निरन्तर रुपमा संघर्षको कार्यक्रम गर्ने बताए ।

अर्का अतिथि नेकपाका केन्द्रिय सदस्य तथा बागलुङ, म्याग्दी, मुस्ताङ इन्चार्ज राजनले राजनीतिक दलहरुले दलाललाई प्रोत्साहन गर्दै राज्य दोहन गरिरहेकोले उनीहरुको भन्डाफोर गर्दै जनताको बिचमा जानुपर्ने बताएका छन् ।
भेलाबाट नवनिर्वाचित सदस्यहरुलाई पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विकिरणले बधाई तथा सफल कार्यकालकाे शुभकामना दिदै पार्टीले दिइएकाे जिम्मेवारी गम्भीर रुपमा ग्रहण गर्न निर्देशन दिएका थिए ।
सेक्रेटेरी किरणको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सिद्धार्थले गरेका थिए भने स्वागत मन्तव्य शमशेरले राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।