१४ बैशाख २०८१, शुक्रबार

नेकपा नुवाकोटको सम्मेलन सम्पन्न, सेक्रेटरीमा बसन्त

0

नुवाकोट : नेपाल कम्युनिस्ट पार्टी नुवाकोटको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । नुवाकोट जिल्लाको सदरमुकाम बट्टार बजारमा र्यालीसहित भएको सम्मेलनले बसन्तको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

भाद्र २५ गते बट्टार बजारमा भएको सम्मेलनले दिपक तामाङ (बसन्त) जिल्ला सेक्रेटरीमा सर्वसम्मत चयन गरेको हो ।

बसन्तको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य अनिल शर्मा विरही रहेकोे थिए । त्यस्तै उक्त जिल्ला सम्मेलनमा पार्टीको केन्द्रिय सदस्य चिरन पुन (मिलन), केन्द्रिय सदस्य तथा नुवाकोट /रसुवा जिल्ला इन्चार्ज विन्दु, विशेष समिति सदस्य देवाकर, नेवा: मुक्ति मोर्चाका केन्द्रिय सदस्य हिरालाल, सहिद परिवार ,अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला संयोजक रोजिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अनिल शर्मा विरहीले कार्यकर्तालाई प्रशिक्षित गर्दै जनताको आशा र विश्वाससहितको पार्टी जनताको मुक्तिका निम्ति अन्तिमसम्म संघर्ष गर्ने र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने अन्तिम लक्ष्यमा पुग्ने बताए । देशको वर्तमान परिवेशलाई मध्यनजर गर्दै पार्टीले संश्लेषित गरेको एकीकृत जनक्रान्तिमा जनताहरू गोलबन्द हुन सबैले आ-आफ्नो ठाउँबाट नयाँ जोस र जाँगरका साथ लाग्न कार्यकर्तालाई उनले निर्देशित गरेका थिए ।
उनले भने, “दलाल पूँजीवादको अन्त्य नहुँदासम्म जनताका मुद्दा कदापि पूरा हुने छैनन् त्यसकारण आजको दिनमा वैज्ञानिक समाजवाद अनिवार्य र अपरिहार्य भएको छ ।”

यसरी भव्यताका साथ सम्पन्न भएको ऐतिहासिक चौथो जिल्ला सम्मेलन कार्यक्रममा स्वागत मन्तव्य बादलले राखेको थिए भने कार्यक्रमको सन्चालन मेघेन्द्रले गरेका थिए। सोही कार्यक्रममा सहिद परिवारजनलाई कार्यक्रमका प्रमुख अतिथि विरहीले दोसल्ला र सम्मान पत्र वितरण गरि सम्मान गरेका थिए । त्यस्तै क्रान्ति र पार्टीको पक्षमा निरन्तरता दिनुहुने शुभ लाल, रोसित, अभिनास र २०७८ सालमा उत्कृष्ट योगदान दिनुहुने मेघेन्द्रलाई सम्मान गरिएको हो ।

उद्घाटन सत्र सकिएपछि बन्दसत्रको अध्यक्षता रोजिनाले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।