हम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी यतिवेला ऐतिहासीक नवौ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटिरहेकोछ । उदयपुरमा सम्पन्न आठौ केन्द्रिय समितीको तेह्रौ पुर्ण वैठक तथा पछिल्लो पटक कपिलवस्तुमा सम्पन्न केन्द्रिय समितीको विशेष वैठक द्धारा ठोस गरिएका नवौ महाधिवेशन सँग सम्वन्धित निर्धारीत कार्यतालीका र कार्यक्रमहरु देश व्यापीरुपमा उत्साहपुर्ण ढँगले सम्पन्न भैरहेकाछन ।
सँगठनात्मक क्षेत्रका कामका दृष्टिले आवेदन तथा सदस्यता वितरण, सदस्यता नविकरण, पार्टीको विधमान सँरचना अन्तर्गत वडा, गाउ/नगर, शाखा तथा साधारण शाखा एवँ जिल्ला सम्मेलनहरु सम्पन्न भैरहेकाछन । देश व्यापी पार्टीको सँगठनात्मक काम सघनरुपमा सम्पन्न भईरहेको सन्दर्भमा यो आलेखमा पार्टी सँगठनको निर्माण वारे छोटो चर्चा गर्ने जमर्को गरिएकोछ ।
क–सैद्धान्तिक प्रस्थापना–कम्युनिष्ट पार्टी अर्थात साम्यवादी दल श्रमिक वर्गको अग्रदस्ताहो । साम्यवादी दल हुनुका कारण यसको अन्तराष्ट्रिय चरित्र रहेको हुन्छ यसर्थमाकि साम्यवाद कुनै एउटा देश विशेषमा स्थापना हुने व्यावस्था होईन वरु सिँगै मानव समाज वैज्ञानिक साम्यवादमा पर्दापन गरेको हुन्छ ।
यसको परिकल्पना र वैज्ञानिक तथ्यहरुको जगमा सन १८४८ फ्रेवुवरीमा कार्लमाक्र्स र फ्रेडरीक एङगेल्सले सँयुक्त रुपमा कम्युनिष्ट घोषणा पत्र प्रकाशन गर्नु भएको थियो । जसको नारा थियो “सँसारका सारा मजदुरहरु– एक होऔ ।”उक्त नाराको दर्शन अर्थात विश्वदृष्टिकोण द्धण्दात्मक भौतिकवाद सँश्लेषण गरिएको थियो ।
जुन दर्शनलाई आज विश्वव्यापी मानव जातीले सार्वभौम सिद्धान्तको रुपमा प्रयोग र अनुशरण गर्दै आईरहेकाछन । तत्कालीन अवस्थामा कम्युनिष्ट घोषणा पत्रको प्रकाशनले विश्वव्यापी रुपमा ठुलो हलचल ल्याईदियो । जसका विरुद्ध पुजीवादी पक्षधर वौद्धिक कहलिएकाहरुले चौतर्फि खण्डन र आक्रमण गरे तर कतैवाट पनि यो खण्डीत र पराजीत हुन सकेन वरु यो सर्वहारा श्रमिक वर्गको मुक्तिको दर्शनका रुपमा विकसित र स्थापति हुदै अगाडी वढयो ।
कार्लमाक्र्स–फ्रेडरिक एङगेल्सले कम्युनिष्ट पार्टीलाई सर्वहारा वर्गिय तथा मजदुर वर्गिय पार्टीको परिभाषा दिनु भयो र सर्वहारा वर्गले आफनो मुक्तिको लागी सशस्त्र सँघर्ष गर्नुपर्ने कुरामा जोड दिनु भयो । कम्युनिष्ट घोषणा पत्रमा उल्लेख गरिएकोछ–“जनवादी युद्ध जित्न श्रमिकवर्गद्धारा क्रान्तिमा चाल्ने पहिलो कदम भनेको सर्वहारा वर्गलाई शाषकको तहसम्म उठाउनु हो ।”
विधमान वर्गिय समाजको वास्तविकता लाई अध्यन गर्दै माक्र्स–एङगेल्सले भन्नु भएकोछ–“आलोचनाको हतियारले हतियार द्धारा गरिने आलोचनाको ठाँउ अवश्य पनि लिन सक्दैन । भौतिक शक्तिलाई भौतिक शक्तिद्धारा नै खतम पारीनु पर्दछ ।”–माक्र्स–एङगेल्स सँकलित रचना भाग–३ पृष्ठ १८२ Þ। यो सँश्लेषणले स्पष्ट गर्दछकि वर्गिय राज्यसताको समाधान वलप्रयोग अर्थात सशस्त्र सँघर्ष द्धारा मात्र सम्भवछ । त्यस्तै कम्युनिष्ट दर्शन अर्थात द्धण्दात्मक भौतिकवाद वारे माक्र्सले भन्नु भएकोछ–“अघि–अघि दर्शनशास्त्रले जनतालाई भौतिक वस्तुको उत्पादक मात्र सम्झेका थिए ।
अहिले द्धण्दात्मक भोतिकवादले शिद्ध गरेकोछकि परिश्रमि जनतानै सर्वस्व हुन । यहि वर्गले सशस्त्र क्रान्ति गरेर उत्पादन सम्वन्धलाई वदल्ने, शोषक वर्गलाई सखाप पारी समाजवादी समाजको स्थापना गर्नेछ अनि मानव जातीको लागी स्वतन्त्रता, न्याय र शान्ती एवँ खुशियाली ल्याईदिनेछ ।” कम्युनिष्ट पार्टीको दर्शनका वारेमा माक्र्सद्धारा गरिएको खोज–अध्यन/अनुसन्धान ले कम्युनिष्ट पार्टी जसले सर्वहारा श्रमिक जनताको मुक्तिका लागी गरिने सँघर्षमा विगत देखि वर्तमान सम्म महत्वपुर्ण मार्गदर्शन गरिरहेकोछ ।
आज सम्म आईपुग्दा माक्र्स–एङगेल्स द्धारा सश्लेषण गरिएको द्धण्दात्मक भौतिकवादी दर्शनले पौने दुईसय वर्षहरु विताएकोछ । यस विचमा मानव समाजमा देखा परेका कैयौ नयाँ विशेषताहरु र प्रकृति विज्ञानमा भएका नयाँ अनुसन्धानहरु लाई हेर्दा द्धण्दात्मक भौतिकवादी दर्शनको पनि विकास गर्नुपर्ने आवश्यकता पैदा भएकोछ । जसले मात्र मानव जातीलाई वैज्ञानिक समाजवाद–साम्यवादमा पुरयाउने कम्युनिष्ट पार्टीको अभिष्टलाई पुरा गर्न सक्नेछ ।
ख–कम्युनिष्ट पार्टी निर्माणमा इतिहासका अनुभवहरु–कम्युनिष्ट घोषणा पत्रको प्रकाशन यता दुनियाँमा कम्युनिष्ट पार्टीले विभिन्न नेताहरुको नेतृत्व र जनसमुदायको सहभागीतामा ठुल–ठुला चमत्कारीक सामाजीक परिवर्तनहरु सँभव तुल्याएकाछन ।
जस अन्र्तगत सन १८७१ को महान पेरीस कम्युन, सन १९१७ को महान रुसी अक्टोवर क्रान्ति, सन १९२४ मँगोलिया,सन १९४५ युगोस्लाभिया र भियतनाम,सन १९४६ अल्वानिया,सन १९४७ मा पोल्याण्ड, रोमानिया, वुल्गेरियार कोरिया सन १९४८ मा चेकोस्लोभाकिया, सन १९४९ मा चिन, पुर्वि जर्मनी, हँगेरी, क्युवामा सम्पन्न जनवादी क्रान्ति, सन १९६८ मा कँगो, सन १९६९मा दीक्षण यमन,१९७४ मा इथियोपिया, सन १९७५मा कम्वोडिया, मोजाम्वीक, अँगोला, लावस र सन १९७८ मा अफगानीस्थान लगायतका देशहरुमा सम्पन्न महान समाजवादी–साम्यवादी क्रान्तिहरु कम्युनिष्ट दर्शन–विचार र कम्युनिष्ट पार्टीको निर्माणमा गरिएका खोज,अध्यन–अनुसन्धान र तिनको प्रयोग द्धारा मात्र सँभव भएका हुन ।
दुनियाँमा क्रान्तिकारी विजय अभियानको नेतृत्व गरेको कम्युनिष्ट पार्टी वारे कम्युनिष्ट घोषणा पत्रका प्रवतक कार्लमाक्र्स–फ्रेडरिक एङगेल्सले निम्न सँश्लेषणहरु अगाडी सानर्सभएकोछ–१–कम्युनिष्ट पार्टी एक अन्तराष्ट्रिय सोसाईटी हो । २–यो मजदुर तथा सर्वहारा वर्गिय पार्टीहो ।
३–कम्युनिष्ट पार्टीले सशस्त्र वल प्रयोग द्धारा पुजीवादी राज्यसता कव्जा गरि आफनो राजनैतिक सता स्थापना गर्नु पर्दछ । ४–सर्वहारा वर्गसँग हारे हत्कडी जिते सिँगो सँसार हुनेछ आदी । माक्र्स–एङगेल्सको उपरोक्त सैद्धान्तिक प्रस्थापनामा टेकेर फ्रान्सका मजदुरहरुले सशस्त्र सँघष मार्फर्त पेरिस कम्युन स्थापना गरे तर दुर्भाग्य पहिलो मजदुर वर्गको सता भएकोले अनुभवको कमि, हारेको पुजीपति वर्ग प्रति कम्युनको उदारता तथा केहि सिमा–समस्याका कारण ७२औ दिनमा नै उक्त सता पुन पुजीपति वर्गले कव्जा गर्न पुग्यो ।
हजारौ कम्युनको वलिदान, गिरफतारी तथा जेल जीवनका साथै हजारौ मानीसहरु फ्रान्स वाट भागेर शरनार्थीका रुपमा विदेशमा वस्न वाध्य पारीए । हजारौ शरनार्थी मध्यका एक युजे पोतरले कम्युनको महानता वाट प्रभावित भएर “द इन्टरनेश्नल” लेखेका थिए । जसलाई आज सँसारभरका सच्चा मालेमावादी कम्युनिष्ट हरुले अन्तराष्ट्रिय गितका रुपमा गाउने गर्दछन ।
माक्र्स–एङगेल्सले पेरीसमा देखापरेको क्रान्ति र प्रतिक्रान्तिको घटनाक्रमहरु प्रत्यक्ष रुपमा अवलोकन पश्चात नयाँ सश्लेषण अगाडी सार्नुभयोे—सर्वहारा अधिनायकत्व । यसरी माक्र्सवादको सारतत्व वर्गु्सँघर्ष, सर्वहारा अन्तराष्टियतावाद र सर्वहारा अधिनायकत्व हुन पुग्यो ।
जुन अक्टोवर क्रान्तियताका समाजवादी सताहरुको रक्षाका सन्दर्भमा प्रयोग गरिएकाछन । क्रान्ति र प्रतिक्रान्तिको शिक्षा सहित सन १९१७ अक्टोवरमा कमरेड लेनिनको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टी द्धारा रुसमा जार शाहीलाई खरानी वनाउदै समाजवादी क्रान्ति सम्पन्न गरियो ।
कम्युनिष्ट पार्टीलाई लेनिनले निम्नानुसार सँश्लेषण गरे–१–कम्युनिष्ट पार्टी सर्वहारा वर्गको अगुवा दस्ता हो । २–कम्युनिष्ट पार्टी क्रान्तिको माध्याम हो । ३–कम्युनिष्ट पार्टी नेताहरुको सँगठन हो आदी । त्यस्तै कम्युनिष्ट पार्टीको सँचालन र परिचालनका लागी जनवादी–केन्द्रियताको सँगठनात्मक सिद्धान्तको प्रतिपादन गर्नुभयो ।
समाजवादी सता स्थापनाको दुई वर्षपछि उहाँलाई गोली हानीयो र सोही कारण सन १९२१ जनवरी मा उहाँको निधन भयो । लेनिनको मृत्यु पछि पार्टी र समाजवादी सता सँचालनको जिम्मा कमरेड जोसेफ स्टालीनको काधमा पुग्यो । वाहय रुपमा साम्राज्यवादको अतिक्रमन तथा हस्तक्षेप तथा आन्तरिक रुपमा कम्युनिष्ट पार्टी भित्र हुर्किरहेको पुजीवादी अर्थराजनैतिक सम्वन्धका तमाम चुनौती हरुलाई समाधान गर्ने क्रममा कम्युनिष्ट पार्टीलाई नयाँ ढँगको कम्युनिष्ट पार्टी अर्थात लेनिनवादी कम्युनिष्ट पार्टीको निर्माणमा जोड दिनुभयो ।
कमरेड जोसेफ स्टालीनले नयाँ ढँगको कम्युनिष्ट पार्टीका निम्न विशेषताहरु अघि सार्नुभयो–१–कम्युनिष्ट पार्टी मजदुर वर्गको अगुवा दस्ताहो । २–कम्युनिष्ट पार्टी सर्वहारा वर्गको उच्चतम रुपको वर्गसँगठन हो । ३–कम्युनिष्ट पार्टी सर्वहारा वर्गको अधिनायकत्वको साधन हो । ४–कम्युनिष्ट पार्टी गुटवन्दि सँग मेल नखाने सँकल्प एकताको प्रतिक हो । ५–कम्युनिष्ट पार्टी वाट अवसरवादलाई निकालेपछि पार्टी वलियो वन्छ ।
यसका साथै पार्टीको कार्यशैली वारे चर्चा गर्दै कम्युनिष्ट पार्टीको कार्यशैली“अमेरीकाली कार्यदक्षता र रुसी वोल्सेविक स्प्रित”को मिलान गर्नुपर्ने शर्त अगाडी सार्दै त्यसको प्रयोगको नेतृत्र्व गर्नु भयो । लेनिनवादी कम्युनिष्ट पार्टीको अगुवाईमा दोश्रो विश्व युद्धमा हिटलरको फासीवादलाई पराजीत गर्न मात्र होईन पुजीवादले दुईसय वर्षमा गरेको अध्यन, अनुसन्धान र विकास सोभियत सँघले करिव चालीस वर्षमा गर्न समर्थ भयो भने जनताका सामाजिक अधिकार र आधारभुत आवश्यकताको परिपुर्ति गर्ने मामीलामा पनि कम्युनिष्ट पार्टी दुनियाँकै अव्वल सावित हुन पुग्यो ।
कमरेड जोसेफ स्टालिनको निधन र सोभियत सँघको समाजवादी सतामा भएको ख्रुस्चेवी प्रतिक्रान्तिको समेत शिक्षा लिदै चिनियाँ क्रान्तिका नायक कमरेड माओले कम्युनिष्ट पार्टीको निर्माणमा निम्न शर्तहरु अगाडी सार्नु भयो–१–महान सर्वहारा साँस्कृतिक क्रान्तिलाई आत्मसात गर्नु । २–सिद्धान्त प्रतिको प्रतिवद्धता । ३–ज्वारभाटाका विरुद्ध जाने साहस । ४–लाखौ उतराधिकारीहरु उत्पादन र तालीमले लैश गराउनु । ५–पार्टीको केन्द्रिकृत नेतृत्वलाई वलियो वनाउनु । ६–सर्वहारा अन्तराष्ट्रिय झण्डालाई माथि उठाउनु ।
यति मात्र होईन कमरेड माओले तीन गर र तीन नगर अर्थात “माक्र्सवाद लागु गर सँसोधनवाद होईन । एकतावद्ध होऔ नफुट । खुला र स्पष्ट होउ छलछाम र षडयन्त्र नगर ।” त्यस्तै “अनुशासनका तीन नियम र ध्यान दिनु पर्ने आठ कुराहरु”को सँश्लेषण र प्रयोगद्धारा कम्युनिष्ट पार्टीको निर्माण र परिचालनले कम्युनिष्ट आन्दोलनमा ठुलो योगदान पुराएकोछ तर दुखद कम्युनिष्ट पार्टी निर्माणको लागी माओद्धारा जुन खोज, अध्यन–अनुसन्धान र प्रयोग गरियो त्यस अनुरुप पार्टी निर्माण हुन नसक्दा अन्तत चिनियाँ कम्युनिष्ट पार्टीले प्रतिक्रान्तिको अवस्था झेल्नु परयो ।
रुस, चीन हुदै पुर्वि युरोप सम्मका कम्युनिष्ट पार्टी र समाजवादी सताहरुमा भएका प्रतिक्रान्तिको पृष्ठभूमिमा भारत, पेरु, टकि, फिलिपिल्स, नेपाल आदी देशहरुमा कम्युनिष्ट पार्टीको निर्माण र सशस्त्र युद्ध सँचालन गरिएका छन । विजयको नजिक पुगेको पेरुको जनयुद्ध नेतृत्वको गिरफतारीका कारण रक्षात्मक अवस्थामा पुगेकोछ भने नेपालको जनयुद्ध नेतृत्वको गद्धारीका कारण प्रतिक्रान्तिमा वदलिन पुगेकोछ ।
भारत, फिलिपिन्स, टर्कि आदी देशहरुमा जनयुद्ध चलिरहेकोछ । पेरु कम्युनिष्ट पार्टी (साईनिङ पाथ) का नेता अभिमायल गुज्मान रेनोसो कमरेड गोन्जालो ले पनि कम्युनिष्ट पार्टीको निर्माणका लागी केहि शर्तहरु अगाडी सार्नु भएको थियो । जसमा–१–दुई लाईन सँघर्ष । २–जनयुद्ध । ३–नेतृत्वलाई खार्नु । ४–सताको विजयलाई सुदृढ वनाउनु ५–सर्वहारा अन्तराष्ट्रिय झण्डालाई माथि उठाउनु ।
कम्युनिष्ट पार्टीको निर्माण सहित जनयुद्धको नेतृत्व गरिरहेको पेकपाका नेता कमरेड गोन्जालो सन १९९२ सेपटेम्वर १२ मा गरिप्ःतार भई गत वर्ष अर्थात सन २०२१ सेप्टेम्वरमा २९ वर्षको जेलजीवनमा नै उहाँको निधन हुन पुग्यो । माक्र्स,लेनिन,माओ हुदै गोन्जालो सम्मका महान नेताहरुले कम्युनिष्ट पार्टीको निर्माण तथा सँचालन र परिचालनले हामीलाई महत्वपुर्ण शिक्षा प्रदान गरेकोछ ।
ग–पार्टी सँगठन निर्माणमा हाम्रा सश्लेशणहरु–हाम्रो पार्टीले जनयुद्ध काल हदै पार्टी सँगठनको निर्माण,सँचालन र परिचालनमा मालेमावादी सँगठनात्मक सिद्धान्तहरुको अनुसरण र प्रयोग लाई अगाडी वढाईरहेकोछ । जनयुद्धका नायकहरुमा देखा परेको आत्मसमर्पन र विर्सजनवादका विरुद्धको विद्रोह र पार्टी पुणगठन, किरण को नेतृत्वमा देखा परेको जडसुत्रिय सँशोधनवादका विरुद्ध विद्रोह र पुण दोश्रो पटकको पार्टी पुर्णगठन पछि कमरेड विप्लवको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी वनेपछि पार्टी निर्माणका वारेमा व्यापक वहसहरु सँचालन गरिए ती वहसहरु मालेमावादी पार्टी निर्माण सँग जोडिएको सँगठनात्मक सिद्धान्तको विकास सँग सम्वन्धित रहेकोछ ।
ईतिहासका अनुभवहरु र आजको आवश्यकताको आधारमा हाम्रो पार्टीले पार्टी सँगठनको निर्माणमा केहि नयाँ सश्लेषण हरु अगाडी सारेकोछ । जसमा–१ कम्युनिष्ट पार्टी कम्युनिष्टहरुको सँगठने हो । २–आवधिक नेतृत्व प्रणली ३–पार्टी रुपान्तरणमा तथ्यगत अनुसन्धान ४–क्याडर वेश र मास वेशलाई एकिकृत गर्ने ।
यसलाई सँक्षेपमा यसरी हेरौ–१–कम्युनिष्ट पार्टी कम्युनिष्ट हरुको सँगठनहो भनाईको तात्पर्य कम्युनिष्ट पार्टी कुनै एउटा निश्चित वर्गको मात्र पार्टी होईन नत यो कुनै क्षेत्र, जाती र समुदाय विशेषको पार्टी नै हो वरु यो सम्पुर्ण वर्ग,जाती,क्षेत्र र समुदाय भन्दा माथि उठेको हुन्छ र यसले मानव समुदायलाई वैज्ञानिक साम्यवादमा पुरयाउने ध्येय राखेको हुन्छ ।
यसको मुख्य नेतृत्वले साम्यवादलाई सुदुर भविक्ष्यकोे विषय वनाउने होईन वरु सापेक्षित रुपमा आजै देखि साम्यवादी वन्न कोशिस गर्नु पर्दछ । भनाईको अर्थ उसले नीजि सम्पति जोडने कुरालाई त्याग गर्दै सामुहिक उत्पादनमा जोड दिनु पर्दछ र क्षमता अनुसारको काम र आवश्यकता अनुसारको दामको नीति लागु गर्दै भैभव एवँ विलासी जीवनको अन्त्य गर्नु पर्दछ र सुव्यवस्थित एवँ सरल जीवन निर्माण गर्न प्रयत्न गर्नु पर्दछ ।
२–आवधिक नेतृत्व प्रणाली–अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन तथा नेपाली कम्युनिष्ट आन्दोलनमा यो पक्ष केहि कमजोर भएको कुरा साचोहो । राजनैतिक आन्दोलन र मुलत कम्युनिष्ट आन्दोलनमा हरेक नेता–कार्यकर्ताहरु स्वेच्छिक सहभागीता र स्वयँसेवी भावनाका साथ जनता र समाजको सेवामा लागीरहेका हुन्छ ।
अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा लेनिन, स्टालिन र माओ हुदै गोञ्जालो सम्मले कम्युनिष्ट पार्टी र नेतृत्वको निर्माणमा निकै जोड दिएकाछन तर उहाँहरुको निधन पश्चात कम्युनिष्ट पार्टी र समाजवादी सतामा प्रतिक्रान्ति हुने गरेकाछन ।
समाजवादी सतामा नपुगेका दुनियाँका थुप्रै देशहरुमा पनि कम्युनिष्ट नेतृत्व आजीवन जस्तो अवस्थामा रहेकाछन । यी सवै महत्वपुर्ण अनुभव तथा शिक्षाहरुको निष्कर्षमा आवधिक नेतृत्व प्रणाली आवश्यक हुन जान्छ । जसले मुख्य नेतृत्वको प्रत्यक्ष दिशा निर्देशन तथा सुपरिवेक्षणमा हजारौ योग्य उतराधिकारीको विकास र प्रशिक्षित गर्न मद्धत गर्नेछ ।
३–पार्टी रुपान्तरणमा तथ्यगत अनुसन्धान– पार्टीको नेतृत्व तथा कमिटी निर्माणमा लेनिन–स्टालिन–माओ सम्मका खोज–अनुसन्धान र प्रयोगहरु सहि र आवश्यक छन तर आज तिनको अनुशरणले मात्र नपुग्ने भएको कारण विकास पनि गर्र्नै पर्ने भएकोछ ।
लेनिनको जनवादी केन्द्रियताको सँगठनात्मक सिद्धान्त हुदै माओको महान सर्वहारा सास्कृतिक क्रान्ति अर्थात आलोचना र आत्मालोचना ले पनि प्रतिक्रान्तिलाई रोक्न सकेन यसर्थमा पार्टीमा तथ्यगत अनुसन्धान को प्रयोग अनिवार्य वन्न गएकोहो ।
यसको मुल स्पिीरीत हरेक विज्ञानले आफनो शुत्र या तथ्यद्धारा आफुलाई प्रमाणीत गरेझै राजनैतिक विज्ञानको प्रयोग गरिरहेको कम्युनिष्ट पार्टीले पनि समस्याहरु समाधानका लागी केवल आलोचनात्मक तर्कमा मात्र होईन वरु तथ्यहरुसहित रचनात्मक तरिका प्रयोग गर्नु पर्दछ ।
४–मासवेश र क्याडरवेश लाई सँयोजन गर्ने–यो कुरा विदित छकि अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट पार्टीको निर्माणमा माशवेश कि क्याडर वेश कसलाई प्रधान वनाउने भन्ने वारेमा ठुल–ठुला वहस हरु सँचालन गरिएकाछन । अक्सर सँशोधनवादी कम्युनिष्ट पार्टीहरु माशवेशलाई पार्टी निर्माणको आधार वनाउने गरेकाछन भने क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले क्याडर वेशलाई आधार वनाउने गरेकाछन ।
हामीले पनि हालसम्म पार्टी निर्माणमा क्याडर वेशलाई आधार वनाउने गरेकाछौ तर अवका दिनमा क्याडरवेश लाई मात्र प्रधान वनाउदा पार्टी निर्माणमा केहि अपुगता हुने देखिन्छ । यसोगर्दा आगामी दिनमा पार्टी निर्माणमा क्याडरवेश लाई मुख्य नीति वनाउदै माशवेशलाई पनि सँयोजन गर्नु पर्दछ ।
यस कारणले कि आजको विज्ञान–प्रविधि र सोसल मिडिया सहितको समाजका कारण वुद्धिजीवि, प्रोफेसर, शिक्षक, वकिल लगायतका कैयौ विज्ञ मानीसहरु समाजमा विस्तारीत भईरहेका हुन्छन । उनिहरुलाई क्याडर वेशको मापडण्डमा मात्र राखेर परिचालन गर्दा उनिहरुको सिर्जनशिल क्षमता हस हुने अवस्था आउदछ फलत उसले कम्युनिष्ट पार्टी निर्माण सहित समाज विज्ञानमा गर्ने योगदान कमजोर हुन जान्छ ।
घ–पार्टी समिती निर्माणमा ध्यानदिनु पर्ने केहि पक्षहरु–माथि हामीले कम्युनिष्ट पार्टी निर्माण को सैद्धान्तिक, राजनैतिक साँगठनिक पक्षका वारेमा माक्र्स–एङगेल्स,लेनिन–स्टलिीन,माओ हुदै गोञ्जालो सम्मका सष्लेशनहरु र हाम्रो पार्टीले पार्टी निर्माणका सन्दर्भमा गर्न खोजेको विकास वारे सँक्षिप्त चर्चा गरियो ।
हामी यतिखेर नवौ महाधिवेशनका सन्दर्भमा स्थानिय तह देखि केन्द्रिय तह सम्म उच्च जनवादी वातावरणमा पार्टी समिती एवँ नेतृत्व निर्वाचित गर्न गईरहेकाछौ यो अवसरमा हरेक स्तरका पार्टी समिती एवँ नेतृत्व निर्माण गर्दा सिँगो पार्टीले निम्न कुराहरुमा ध्यान दिनु आवश्यकता छ–प्रथम–तीनमा एकको सिद्धान्त लागु गर्ने–कमरेड माओद्धारा प्रतिपादन सहित प्रयोगमा ल्याईएको पार्टी निर्माणमा तीनमा एकको सिद्धान्त अर्थात हरेक पार्टी समितीहरुमा युबा,प्रौढ र बृद्धलाई सँयोजन गर्नु आवश्यकछ ।
बृद्ध हरुवाट इतिहासका शिक्षाहरुलाई वर्तमान सँग जोडने,प्रौढहरुको पाकोपना वाट योजना निर्माण गर्ने र युबाहरुको जोश र जागर सहितको स्प्रितलाई जोडदा हरेक पार्टी समितीहरु उर्जाशिल वन्नेछन । बृद्ध र प्रौढहरुवाट युवाहरुले सिक्ने र उनिहरुलाई सम्मान गर्ने तथा युवाहरुलाई प्रशिक्षित गर्ने र उनिहरुमा रहेको क्षमता र उर्जालाई सहि रुपमा प्रयोग गर्न वृद्ध र प्रौढहरुले विशेष मेहनेत गर्नु पर्दछ त्यसका लागी हरेक कमिटीमा यी तिन उमेर समुहलाई समायोजन गर्नु सहि हुन्छ । द्धितिय–चार अनुशासन लाई मुल आधार वनाउनु पर्दछ ।
हरेक स्तरको पार्टी समिती र नेता तथा कार्यकर्ताको निर्माणको लागी चार अनुशासन अर्थात–राजनैतिक, साँगठनिक, आर्थिक र साँस्कृतिक अनुशासन एक अपरिहार्य विषय हो । जसले अन्य वुज्र्वा पार्टीहरु भन्दा कम्युनिष्ट पार्टीलाई भिन्न रुपमा व्यक्त गर्दछ । राजनैतिक अनुशासनको तात्पर्य–पार्टीको सिद्धान्त प्रति आदर गर्ने सिद्धान्त अनुकुल व्यावहार वनाउन जोड दिने, पार्टीको राजनैतिक कार्यदिशा र कार्यनीतिहरुको आत्मसातीकरण गर्नुहो ।
साँगठनिक अनुशासनको तात्पर्य–पार्टीको सँगठनात्मक सिद्धान्त लाई शिरोपर गर्दै त्यसलाई जीवन व्यावहार वनाउने,पार्टीको चेन अफ कमाण्ड र चेन अफ युनीटि लाई आत्मसात र प्रयोग गर्नुहो । आर्थिक अनुशासनको तात्पर्य–पार्टी को लेवि शुल्कलाई अनुशासनको विषय वनाउनु,कुनै न कुनै आर्थिक उत्पादनको काममा लाग्नु, आर्थिक सँकलन र परिचालनलाई पारदर्शि वनाउनु, खर्चमा फारोतिनो को नीति लागु गर्नु हो ।
साँस्कृतिक अनुशासनको तात्पर्य–हाम्रा खानपिन तथा अन्य रहनसहन जनताको स्तर सँग मिल्दो जुल्दो वनाउने, भडकिलो सँस्कृतिको अन्त्य गर्ने, प्रेम र यौणमा माक्र्सवादी एक निष्ठता प्रयोग गर्ने आदी । तृतिय–लाल र निपुर्णको सँयोजन– हरेक तहका पार्टी समितीहरुमा लाल र निर्पुण गरि दुई खाले नेता तथा कार्यकर्ता रहेका हुन्छन । हामीले पार्टी समितीहरु निर्माण गर्दा उपरोक्त दुवैथरि प्रवृतिको सँयोजन गर्नु पर्दछ ।
हरेक स्तरका पार्टी समितीको नेताहरुले निपुर्ण लाई लालमा र लाल लाई निपुर्णमा वदल्न सचेतन प्रयत्न लाई अगाडी वढाउनु पर्दछ । लालको अर्थ कम्युनिष्ट र निपुर्णको अर्थ दक्ष हो । कम्युनिष्ट पार्टीका हरेक नेता–कार्यकर्ताहरु लाल र दक्ष वन्न कोशिस गर्नु पर्दछ तर यो रातारात हुने विषय भने होईन । त्यसका लागी उत्पादन सँघर्ष,वर्ग सँघर्ष र वैज्ञानिक प्रयोगको लामो श्रृङखला पार गर्नु पर्दछ ।
हामीले पार्टी समितीहरु निर्माण गर्दा यी दुवै पक्षलाई सँयोजन गर्नु पर्दछ । चतुर्थ–पार्टी समिती निर्माणको केन्द्रीय भागमा वैचारीक स्पष्टता, वर्गप्रतिको प्रतिवद्धता र सक्रियता लाई राख्नु पर्दछ यसको तात्पर्य हरेक स्तरको पार्टी समितीका नेता–कार्यकर्ताहरुमा राजनैतिक र वैचारीक स्पष्टता मुख्य हुनु पर्दछ ।
जस्तोसुकै प्रतिकुल परिवेशमा पनि आफनो वर्ग,देश र क्रान्ति प्रतिको लगावमा दृढ रहने, मृत्यु, जेल तथा हिराशत मोर्चामा नहडवडाउने, हरेक दुख कष्टसँग सँघर्ष गर्ने गुण द्धारा लैश तथा राजनैतिक आन्दोलनको आवश्यकता परिपुर्ति गर्ने सक्रियता लाई हामीले केन्द्र भागमा राख्दा मात्र पार्टी आन्दोलनलाई फाईदा हुन्छ ।
पँचम–क्षेत्रगत सहभागीता–यो कुरा साचोहोकि कम्युनिष्टहरु अन्तराष्ट्रियतावादी हुनछन तर विशिष्टता वाट हेर्दा उनिहरुको निश्चित क्षेत्र र जिममेवारीहरु रहेका हुन्छन जहाँ वाट उनिहरुले आफनो कम्युनिष्ट अन्तराष्ट्रीयको कर्तव्य पुरा गरिरहेका हुन्छन ।
सँसारका श्रमजीवि वर्गको मुक्तिको लागी आ–आफनो देश, देश भित्र विभिन्न क्षेत्र, विभाग र स्थानीय अँगहरु निर्माण गरिएका हुनछन । ती स्थानहरुमा कामको सँयोजन एवँ नेतृत्वकारी भूमिका का लागी यथासँभव क्षेत्रगत सहभागीता सुनिश्चित गर्दा सुनमा सुगन्ध हुन पुग्दछ । यो कुरा निश्चित होकि आन्दोलनको सघनताका आधारमा नेतृत्व विकास पनि सोहि अनुपातमा भईरहेको हुनछ । त्यसो हुदा निरपैक्ष समानताको माग गर्ने गलत प्रवृति वाट पार्टी सचेत हुनु पर्दछ ।