१४ बैशाख २०८१, शुक्रबार

नेपाल युक्रेन र अफगानिस्तान बन्ने खतरा बढेकाे छ : विषम

0

हर्क घर्तीमगर, राेल्पा: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्ताेष बुढामगरले नेपाललाई दलाल संसदवादी हरूले युक्रेन र अफगानिस्तान बनाउने बाटाेमा उद्दत भएकाे बताएका छन् । त्यसकाे पछिल्लाे उदाहरण एमसीसी पास गर्न यहाँका संसदवादी पार्टीहरूकाे लालाहितले प्रस्त्याएकाे बताए ।

नेपाल कम्युनिस्ट पार्टी राेल्पाकाे छैँटाै जिल्ला सम्मेलन उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै यस्ताे भनाई राखेका हुन् । 

नेपाल कम्युनिस्ट पार्टी राेल्पाकाे छैटौं जिल्ला सम्मेलन सदरमुकाम लिबाङमा शुरू भएकाे छ । सम्मेलनमा १० वटै स्थानिय तहबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूकाे सहभागिता रहेकाे छ भने नेकपाका केन्द्रीय सदस्यहरू सन्जिव, संगम, जागृति, जुझारू, सुवास, पूर्व केन्द्रीय सदस्यहरू सन्ताेषी, सम्झना, विशेष कमिटीका सदस्यहरू सन्ताेष सुवेदी, पुस्तमान घर्ती, संस्थापक तथा सिनियर सदस्यहरू सुमन, पत्थर, लिप, गणेश ,दिपक, शिखर, कुमार, बिजुली, विश्व, विरकुशज्वाला, मंगल, युवा संगठनकाे केन्द्रीय काेषाध्य विश्लेषण, जनपत्रकार संगठनका केन्द्रीय काेषाध्यक्ष दिपेश विष्ट, जनअधिकार अधियान नेपाल केन्द्रीय प्रतिनिधि उमेश पाैडेल, जिल्ला स्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू लगायतकाे आतिथ्यता रहेकाे थियाे ।


२७ र २८ भदाै दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ जिल्ला कमिटी समेत चयन गर्ने आयाेजकले जानकारी दिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।