१३ बैशाख २०८१, बिहीबार

नेकपाको नवौँ महाधिवेशन नयाँ प्रविधि प्रयाेग गर्दै शिवगढीमा भव्य रूपमा उद्घाटन

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन नयाँ प्रविधि प्रयाेग गर्दै पार्टीको आफ्नै केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा भव्य रूपमा उद्घाटन गरिएको छ ।
आजदेखि असाेज ३१ गतेसम्म चल्ने महाधिवेशनको नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवले डिजिटल प्रविधिमार्फत ब्यानर खाेलेर, ड्राेन मार्फत ब्यानरसहित पुष्पवृष्टि गरेर ९ औँ महाधिवेशनको उद्घाटन गर्नुभयो ।

पार्टीका महासचिव विप्लव लगायत केन्द्रीय समिति, प्रतिनिधि तथा जनसमुदायहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्दा राता ड्रेसमा सुसच्जित युवाहरूको दस्ताले परेड तथा सलामी अर्पण गर्नुभएको थियो ।

महाधिवेशनमा देशभर तथा अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशमा रहेका संगठनका प्रतिनिधि गरि साढे सात सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको छ । सयौं जनस्वयंसेवक तथा रहेका छन् । सबैको खाना व्यवस्थापनका लागि मेष सञ्चालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।