
कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले यस पटकको संसदीय चुनाव खारेज गर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उनलेे यस्तो बताएका हुन् ।
उनलेे दलाल पुजीवाद भत्काउदै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न नेकपा दृढ रहेको समेत बताए ।
एकीकृत जनक्रान्तिले क्रान्तिको नयाँ ज्याेति बाेकेको भन्दै पुजीवाद परास्त गरी क्रान्ति विजयी भइ छाेड्ने बताए ।
महासचिव विप्लवले भने, ‘नवाैँ महाधिवेशनले सर्वहारा वर्ग, श्रमिक समुदाय, मजदुर, किसान र सुकुम्बासीको राज्यसत्ता स्थापना गर्ने कार्यदिशा तय गर्नेछ ।’
उनले प्रचण्ड, बाबुरामकाे विसर्जनवादका विरुद्ध लड्दै खरानीबाट क्रान्तिकाे झण्डा उठाएको स्मरण गर्दै नवाैँ महाधिवेशन १३ जना सहिदको रगतसँग मिसिएको क्रान्ति भएको र कुनैपनि हालतमा दलाल संसदीयव्यवस्थामा आत्मसमर्पण नगर्ने दृढता व्यक्त गरे ।
उनले भने, ‘लखन थापाको रगतदेखि जनयुद्धको रगतले एकीकृत जनक्रान्ति जारी छ ।’
महासचिव विप्लवले कम्युनिस्टहरु विवेक र श्रमसँग जाेडिदै विवेक, श्रम र संघर्षकासँग विश्वास गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले विसर्जनवादकाे चपेटाबाट क्रान्तिलाई जाेगाउन विप्लव सफल भएको बताए ।
वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिले एउटा क्रान्तिकाे विसर्जनपछि अर्को क्रान्तिकाे जग हाल्ने कुरा सामान्य नभएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष विनाेद उपाध्याय, राष्ट्रिय वामपन्थी मञ्चका अध्यक्ष दिर्घ पाण्डे, प्रगतिशील कानुन व्यवसायी संघका अध्यक्ष एकराज भण्डारी, जनअधिकार अभियान मञ्चका उपाध्यक्ष देव बहादुर पाैडेल, सहिद बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष राम बहादुर थापा सुन्दर, सहिद परिवार इन्द्रकला राई, थारू मुक्ति मोर्चा नेपालका सङ्घ प्रसाद थारू, किरात राष्ट्रिय मुक्ति मोर्चा नेपालका जीवन राई, मुश्लिम मुक्ति मोर्चाका अध्यक्ष अजमहमद्, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष श्याम सेञ्चुरी, अखिल नेपाल महिलन संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा, युवा सङ्गठन नेपालका अध्यक्ष पाटन जङ्गली, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही लगायतले नवौ महाधिवेशनले शुभकामना मन्तव्य राखेका दिए । कार्यक्रमको सञ्चालन प्रवक्ता प्रकाण्डले गरेका थिए भने स्वागत मन्तव्य सचिवालय सदस्य सन्ताेष बुढा मगरले राखेका थिए ।