२१ बैशाख २०८१, शुक्रबार

श्रमजीवी वर्गको निम्ति क्रान्तिको नेतृत्व गर्ने विचारको दृष्टिले महाधिवेशन महत्त्वपूर्ण छ : प्रकाण्ड

0

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले अहिलेको सर्वहारा र श्रमजीवी वर्गको निम्ति क्रान्तिको नेतृत्व गर्ने विचारधारात्मक रूपमा महाधिवेशन महत्त्वपूर्ण रहेको बताएका छन् ।

बिहीबार महाधिवेशन स्थल कपिलवस्तुको शिवगढीमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।

प्रवक्ता प्रकाण्डले विश्व कम्युनिष्ट आन्दोलनको शिक्षा लिदै समाजवादी क्रान्ति पूरा गर्न, रक्षा र विकास गर्न दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा केही नयाँ संश्लेषण गर्न खोजेको प्रष्ट्याए । नवौँ महाधिवेशनलाई विश्वका मित्र क्रान्तिकारी कम्युनिष्ट पार्टी र जनताले खुसीको रुपमा लिएको बताउँदै क्रान्तिका विरोधी, अवसरवादी,साम्राज्यवादी तथा दलाल पूँजीवादी जनविरोधी र राष्ट्रघाती तत्वहरुले नेगेटिभ रुपमा लिएको बताए  । उनले महाधिवेशन सफलताका लागि चिनियाँ कम्युनिष्ट पार्टी, इटालियन कम्युनष्टि पार्टी लगायतका मित्र पार्टीहरुबाट शुभकामना प्राप्त भएको पनि जानकारी गराए  ।

महासचिव र आफू बीचमा कुनैपनि विवाद नभएको र क्रान्ति विरोधी तत्वहरुले फैलाएको भ्रममा नपर्न समेत उनलेे आग्रह गरे ।
महासचिव र आफू बीचको एकता झन् बलियो देख्दै गएकाले विरोधी तत्वहरुको जलन भएको प्रष्ट्याए  । प्रवक्ता प्रकाण्डले माओको भनाईलाई स्मरण गर्दै भने, ‘जतिबेला क्रान्तिकारीहरु राम्रो हुन्छन्, त्यतिबेला विरोधीहरुले बेठिक भयो भन्छन्, जतिबेला क्रान्तिकारीहरु गलत बाटोमा हुन्छन् त्यतिबेला ठिक छ भन्छन् ।’
प्रवक्ता प्रकाण्डले यस्तो कुरालाई  क्रान्तिकारी सबैले बुझ्नु पर्ने भन्दै आफ्नो पार्टी विरुद्ध फैलाएको अफवाहको पछि नलाग्न जोड दिए  । प्रवक्ता प्रकाण्डले पार्टीबाट भागेका अवसरवादीहरुले गोयवल्स शैलीलाई पनि उछिनेर भ्रम फैलाउने काम गरेको भन्दै यसप्रति सजक रहन आग्रह गरे । उनले आफू कुनै व्यापारीको निमन्त्रणमा चीन भ्रमणमा नगएको पनि प्रष्ट्याए । उनले पार्टीको महाधिवेशन ऐतिहासिक महत्वको हुने पनि जिकिर गरे ।
विचार विकासको कुरा गर्नु भएको छ नि  यो कस्तो हो ? भनि सोधिएको सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता प्रकाण्डले महाधिवेशनमा उच्च जनवादको प्रयोग गर्दै महाधिवेशनमा पेश गरिएको राजनैतिक प्रस्ताव, विधान र जाति सम्वन्धि पेश भएको प्रस्तावमाथि २० वटा समूहमा समूहगत छलफल जारी रहेको बताए  ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।