११ बैशाख २०८१, मंगलवार

नेकपाकाे नवाैं महाधिवेशनमा समुहगत धारणा राख्ने क्रम जारी

0

नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनको तेस्रो दिनको बन्दसत्र जारी छ ।
राजनैतिक तथा विधान प्रतिवेदनमाथि समूह छलफल सकिएपछि समूहगत छलफलको सुझाव तथा टिप्पणी राख्ने क्रम सुरु भएको छ । शुक्रबारसम्म २० जना टिम लिडरमध्ये ९ ले सुझाव तथा धारणा राखिसकेका छन् ।
महाधिवेशनको बन्दसत्रमा नेकपा महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन र विधान प्रतिवेदन तथा सचिवालय सदस्य सन्तोष बुढा मगरले पेश गरेको जातीय उत्पीडन र मुक्तिका विषयमा समेटिएको प्रस्तावमाथि सुझाव तथा टिप्पणी संकलन गर्न २० वटा समूह विभाजन गरिएको थियो । एउटा समूह लिडरलाई १५ देखि २० मिनेटको समय तोकिएको छ । समयको हिसाबले भोलिसम्म समूहका लिडरहरुले आफ्नो सुझावहरु पेश गर्ने देखिएको छ । सुझाव प्रस्तुत गर्ने क्रम सकिएपछि महासचिव विप्लवले सुझाव तथा उठेका विषयगको जवाफ दिने नेकपाले जनाएको छ ।
बन्दसत्रमा देशभरका जिल्ला, विभाग, मोर्चा, मञ्च, स्वयम्सेवक, कलाकार, प्रवास, विदेश विभाग लगायतका क्षेत्रबाट गरी करिब ७ सयको संख्यामा प्रतिनिधि पर्यवेक्षकहरु रहेका छन् । असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सकिने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।