१० मंसिर २०८१, सोमबार

सि को तेस्रो कार्यकाल : विश्व राजनीतिमा पर्न सक्ने संभावित असर र परिणाम

0

काठमाण्डौं । जनसंख्याको हिशाबले विश्वको पहिलो र अर्थतन्त्रका हिशाबले दोस्रो सैन्य शक्तिका हिशाबले तेस्रो शक्तिशाली चीनमा कम्युनिष्ट शासन शुरु भएको ७३ वर्ष पूरा भएको छ । माओको नेतृत्वमा दशकौँ चलेको घरेलु शासक च्यागं काईसेक र जापानी अतिक्रमण बिरुद्ध लडेर १९४९ अक्टोबर १ मा कम्युनिष्ट पार्टीले दुवै देशी विदेशी शक्तिलाई पराजीत गरेर नयाँ चीन स्थापना गरेपछि त्यो देशले अहिले सम्म निरन्तर कम्युनिष्टको नेतृत्व पाएको छ । १९४९ पछि माओले निरन्तर दशकौँ शासन गरे । अमेरीकासँगको तनावग्रस्त सम्बन्ध यथावत थियो । उनको मृत्युपछि १९७८ मा देगं स्याओ पिंगले संविधानमा सुधार गरेर खुला अर्थतन्त्रको नीति अवलम्वन गरे । र वैदेशिक लगानी चीनमा भित्रिन शुरु गर्यो । त्यसपछि यसको अर्थतन्त्रले ठूलो आकार लिन थाल्यो । एउटा तथ्यांक अनुसार त्यो अवधिमा चीनको प्रतिव्यक्ति आएर १५५ डलर मात्र थियो । जब कि त्यो समयमा नेपालको पनि ११२ डलर थियो । यो बेला भएको संविधान संसोधन अनुसार कुनै पनि एक व्यक्तिले पार्टी प्रमुख र राष्ट्र प्रमुखको रुपमा दुई कार्यकाल भन्दा बढी शासन गर्न पाईदैन थियो ।

तर अहिले चीनीया कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन पछि चीनमा कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी पार्टी र देशको प्रमुख हुन पाउनेछन् । यही संसोधित विधान अनुसार नै चीनका राष्ट्रपति सि जिन पिंग तेस्रो कार्यकालका लागि पार्टी महासचिव भईसकेका छन् र आगामी मार्चमा उनले राष्ट्रपतिको नयाँ शपथ लिनेछन् । उनको यो अथाह शक्तिलाई देखेर विश्वभर सकारात्मक नकारात्मक दुबै खाले चर्चा छ । पछिल्लो दशक चीनले गरीबी पूर्ण रुपमा उन्मुलन गरेको छ सि कै नेतृत्वमा । चीनको विकास मोडलले विश्वभर ठूलो प्रभाव पारिरहेको छ । अहिले अमेरीकासँगको व्यापार युद्ध र संकटपछि पनि चीनमा वैदेशिक लगानीमा कमी आएको छैन बरु बृद्धि भएको छ । यसले चीनको अर्थतन्त्रको बृद्धि कति हुन्छ भन्ने एकीन नभए पनि पछाडी फर्कने छैन र स्थीर हुनेछ भन्ने कुराको संकेत दिन्छ ।

सि जिन पिगं पुनः राष्ट्रपति हुने भएपछि उनले महाधिवेशनपछि एक अभिव्यक्ति सार्वजनिक गरे । विश्वका लागि चीनको आवस्यकता पर्नेछ र चीनको ढोका विश्वका लागि अझ पराकीलो हुनेछ ।

झन शक्तिशाली बनेका सि

चीनको शक्तिको सबै भन्दा ठूलो केन्द्र कम्युनिष्ट पार्टीको नेतृत्व वरिपरि हुन्छ । पार्टी महासचिव पछि स्थायी समिति र पोलिटव्यूरो शक्तिशाली हुन्छ । यी दुबै कमिटिमा सि ले नयाँ जुझारु टिम खडा गरेका छन् । यसको उदाहरण महाधिवेशन लगत्तै माओको थलोको रुपमा चिनिने यनानमा सि स्थायी समितिका सातै जनाको टिम लिएर पुग्नुले देखाउछ । सि ले आफू पछिको शक्तिशाली पार्टीको नेतृत्व र प्रधानमन्त्रीका रुपमा लि छियागंलाई छनौट गरेका छन् । आफू अनुकुलको छनौट गरेका सि आफै कार्यकारी शासक, पार्टी नेतृत्व र सैन्य आयोगका पनि अध्यक्ष छन् । जुन आयोगले सेनाको परिचालन, निर्देशन र नीति योजना तर्जुमा गर्दछ ।

सि का लागि आर्थिक चूनौती


चीनको नेसनल सिभिल सर्भिस एडमिनिस्ट्रेसनले सन् २०२३ का लागि ३७१०० कर्मचारी माग गरेर भर्ना खोल्यो । त्यसमा लाखौँ ग्राजुएट युवाहरुले आवेदन दिएका छन् । लोकप्रिय एक पदका लागि एक हजार बढी सम्मको आवेदन परेको छ । सिभिल सर्भिसमा प्रवेश गर्दा पनि उच्च राजनीतिक योग्यता हुनु पर्ने नियम समेत लागू भएको छ । यसले त्याहाँ सरकारी सेवाप्रतिको विश्वास र आकर्षण त होला नै बेरोजगारीको स्तर बढेको पनि संकेत गर्दछ ।
अहिले अमेरीकाले थोपरेको व्यापार युद्ध, कोभिड नीतिमा कडाई विभिन्न कारणले चीनीया अर्थतन्त्रमा चूनौती थपिएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि चीनीया बस्तुहरुमा अतिरिक्त कर लगाउने , चीनीया प्रविधि खास गरी हुवावेमाथिको प्रतिवन्ध जस्ता विभिन्न कुराहरुले समस्याहरु ल्याएका छन् । अमेरीकी अतिरिक्त करका कारण अमेरीकामा चीनको निर्यात घटेको तथ्यांकहरुले देखाएका छन् । अमेरीका र चीन सम्वन्ध तनावपूर्ण भए पछि सबै भन्दा ठूला अर्थतन्त्र र व्यापार हुने मुलुक हुन् । दुबै देशबीचको तनाव र आर्थिक सम्बन्ध विग्रदा विश्वव्यापी रुपमा त्यसको असर पर्दछ ।
यसैलाई ध्यान दिएर सिले महासचिव बने लगत्तै चीन र अमेरीकाले सहकार्यको साझा बिन्दु खोज्नु पर्ने बताएका छन् । तर यसै साता अमेरीकी रक्षा रिपोर्टमा चीन अमेरीकाको लागि सबै भन्दा ठूलो चूनौती भनेको छ । जुन मुख्य मुद्धा अर्थतन्त्र र ताईवान मामलासँग जोडिएकोे छ । अमेरीकासँगको सम्बन्ध जतिसुकै विग्रिए पनि चीनले ताईवानलाई मुख्य भूमिमा विलय गराउने प्रतिवद्धता अझै दृढ बनाउदै लगेको छ ।

अर्को चीनले विश्वभर लगानी वृद्धि गरिरहेको छ । यसलाई पश्चिमाहरुले चीनीया रिणको पासो भन्ने गरेका छन् खास गरी श्रीलंकाको संकट पछि । बिआरआई मार्फत विश्वका १६० बढी देशमा चीनले पूर्वाधार जस्ता विभिन्न क्षेत्रमा लगानी गरेको छ । यसलाई पूरा गर्नु पर्ने चूनौती पनि चीनको छ । प्राचिन रेशम मार्गकै आधारमा वेल्ट एण्ड रोड ईनिसिएटिभ कार्यक्रम २०१३ मा सि ले शुरु गरेका थिए । यसको अमेरीका, भारत लगायतका देशले बिरोध गरिरहेका छन् ।

समग्रमा चीनको पछिल्लो समय आर्थिक वृद्धि केही संकुचित भएको छ । ठूला ठूला कम्पनीहरुले चीन छाड्दैछन् । देश भित्र बेरोजगारी बढ्ने खतरा छ । यसलाई निरुपण गर्न सि ले नयाँ संभाव्यताहरु खोजिरहेका छन् । केही कम्पनी बाहिरिए पनि उत्पादनका लागि सस्तो तर दक्ष श्रम शक्ति चीनमै हुनु, ठूलो उपभोक्ता चीनमै हुनु, डलरको तुलनामा युआन सस्तो भएकाले अमेरीका र यूरोपमा भन्दा कुनै पनि उत्पादन चीनमा सस्तो हुने भएकाले पनि बैदेशिक लगानीमा वृद्धि नै हुने कुरा भने निश्चित जस्तै देखिन्छ ।
आर्थिक रुपमा अमेरीका र यूरोपको चूनौती पूरा गर्न र चीनले संकल्प गरेको जस्तै आधुनिक, समृद्ध र शक्तिशाली देश र समाज बनाउने लक्ष्य पूरा गर्न ठूलो आर्थिक वृद्धिदरको खाँचो चीनलाई पर्नेछ ।

ताईवान एकीकरण: शान्तिपूर्ण भनिए पनि युद्धबाहेक छैन विकल्प

चीनले ताईवानलाई आफ्नो अभिन्न अंग मानेको छ । १९४९ मा चीनीया क्रान्तिका बेला भागेका च्यागं काई शेक यो टापु कब्जा गरेर बसेका थिए । त्यतिखेर हमला नगरी छाडिएको ताईवान अहिले अमेरीका, जापान जस्ता मुलुकका लागि पनि रणनीतिक महत्वको बनेकाले अमेरीकाले ताईवानको स्वतन्त्रताको पक्षमा वकालत मात्रै गरेको छैन । अर्र्बौ डलरको हतियार दिईरहेको छ । चीनको बिरोधका बाबजुद राजनीतिक भ्रमणहरु गराईरहेको छ । चीनले पहिलो विकल्प शान्तिपूर्ण एकीकरण गर्ने तर बल प्रयोग गर्नु परे पनि गर्ने भनी अभिव्यक्ति मात्र दिएको छैन । पटक पटक ताईवान लक्षित सैन्य अभ्यासहरु गरिरहेको छ । ताईवानलाई मुख्य भूमिमा विलय गराउने सिको मुख्य सपना छ । त्यसैका लागि सि ले चीनीया जनमुक्ति सेनालाई विश्वकै आधुनिक र युद्ध जित्न सक्ने स्तरमा विकास गर्न ठूलो रणनीतिक योजना बनाएर खर्च गरिरहेका छन् । पछिल्लो समय चीनले रणनीतिक हतियार र सैन्य प्रविधिको विकास ( लडाकु विमान, क्षेप्यास्त्र, ड्रोन आदि ) तीव्र मात्रामा गरिरहेको छ । अझ भन्ने हो भने समुन्द्रमा सैन्य शक्तिका हिशाबले चीन विश्वको पहिलो नेभी शक्तिका रुपमा स्थापित भईसकेको छ ।

ताईवान भित्रको पृथकतावादी शक्ति हावी रहेको अहिलेको सन्दर्भमा अमेरीकी आडमा उसले चीनलाई चूनौती दिईरहेको छ । स्वतन्त्र राष्ट्र हो भनिरहेको छ । यस्तो अवस्थामा शान्तिपूर्ण एकीकरणको संभावना देखिँदैन । त्यसका लागि चीनले युद्धको बाटो रोज्नु पर्ने हुन्छ । जुन दुई करोड जनसंख्या भएको सानो टापूसँग मात्रै हैन यो युद्धले चीनलाई सोझै अमेरीकासँग युद्धमा धकेल्ने खतरा छ । त्यो कुरा बुझेर नै सि ले सेनाको तयारी र आधुनिकिकरण युद्ध जित्न सक्ने सेनाको रुपमा विकास गर्न खोजिरहेका छन् । अमेरीकी गुप्तचर प्रतिवेदनहरुले २०२७ सम्ममा चीनले ताईवान कब्जा गर्ने आकंलन गरिरहेका छन् । यस विषयमा अहिले केही भन्न सकिने अवस्था छैन ।

अमेरीकी प्रभुत्व समाप्त पार्ने नयाँ वैश्विक प्रणाली स्थापना गर्ने चूनौती

विश्वमा करीब ५०० वर्षदेखि पश्चिमाहरुको प्रभुत्व कायम छ । २० औँ शताव्दीको शुरुवात सम्म युरोपका केही देशहरुले अन्तरािष्ट्रय सञ्चार गर्दथे । तर मध्य समयपछि अमेरीका जोडिएर सँयुक्त राष्ट्रसंघ जस्ता जति पनि अन्तराष्ट्रिय संस्थाहरु बने त्यसमाथि अमेरीका र यूरोपकै दबदबा छ । त्यसै कारण सँयुक्त राष्ट्रसंघमाथि पनि भरोसा घट्दै गएको छ ।
यही बेला चीनको रणनीतिक साझेदारको रुपमा अघि बढीरहेको रुसले युक्रेनमा सैन्य कार्वाही गरीरहेको छ । यो युद्धलाई खुलेर समर्थन नगरे पनि रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको एक ध्रुवीय विश्व व्यवस्था परिवर्तनको चरणमा पुगेको, अमेरीकी प्रभुत्व, फोहोरी र खतरनाक खेलको अन्त्य हुने भन्दै गर्दा त्यो अभिव्यक्तिको चीनले स्वागत गरेको छ ।
अहिले चीन र रुसबीचको ब्यापारीक कारोबारका लागि अमेरीकी डलर एभोईड गरिएको छ । रुसको करीब ७०० अर्ब डलर सञ्चिती अमेरीका र युरोपले फ्रिज गरिदिएपछि रुस डलरमुक्त कारोबारमा लागेको छ । चीन रुसबाट भारी मात्रामा कच्चा तेल ल्याउने मुलुकमा पर्दछ ।
राजनीतिमा रुपमा सांघाई कोअपरेसन अर्गनाईजेसन चीनको पहलमा खडा भएको छ । जसमा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका जस्ता मुलुक सामेल छन् । अहिले ईरान पनि सामेल भएको छ । पाकिस्तान पनि सम्मिलत छ भने भविष्यमा अमेरीका निकट मानिने साउदी अरेविया पनि जोडिन सक्ने आँकलन गरिएको छ । यसले अमेरीका र यूरोपमा नयाँ तरंग आँउदैछ । यी तमाम विकल्पहरुबाट चीनले धेरै अभिव्यक्ति विनै डलरको विकल्प खोज्ने, वैकल्पिक अन्तराष्ट्रिय संगठनहरु खडा गर्ने विभिन्न उपाय अवलम्वन भईरहेको छ । यसमा रुस चीन मुख्यरुपमा केन्द्रीत छन् । यसले पनि अमेरीकालाई टाउको दुखाईको बिषय बनिरहेको छ ।

अहिले अमेरीकाको नाकमुनि रहेको ल्याटीन अमेरीकी र दक्षिण अमेरीकी मुलुकहरुमा पनि चीनको प्रभाव बढीरहेको छ । पश्चिमाहरुको प्रभावमा रही रहेका मुलुकहरु पनि विस्तारै चीनसँग सम्बन्ध प्रगाढ बनाईरहेका छन् ।

महासचिवमा सि जिन पिगं चुनिए लगत्तै भियतनाम कम्युनिष्ट पार्टीका प्रमुख बेईजिगं भ्रमणमा जाँदैछन् । तान्जानियाकी राष्ट्रपति चीन भ्रमणमा जाँदैछिन् अफ्रिकाबाट भने जर्मन चान्सलर पनि आगामी साता बेईजिमा हनेछन् । त्यसै गरी पाकिस्तानी प्रधानमन्त्री यसै साता बेईजिगं पुग्दैछन् । यो लगातार चीनमा भईरहेका अन्तराष्ट्रिय बाक्लो भ्रमणहरुले चीनको ढोका फराकिलो हुँदै गएको र विश्वलाई पनि चीनको आवस्यकता परिरहेको कुरा स्पष्ट हुन्छ ।

तर अमेरीकी नेतृत्वको पश्चिमा शक्तिको दबदबा र तनाव सृजना गर्ने रणनीतिलाई परास्त गर्न बाँकी विश्वसँग सि ले कसरी डिल गर्ने छन् र लक्ष्य पूरा गर्ने हुन् त्यो अब सन् २०२३ मा उनको तेस्रो कार्यकाल शुरु भएपछि अझ चासोका साथ हेरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।