११ बैशाख २०८१, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी काठमाडौ जिल्ला समितिको चौथो पुर्ण बैठक सम्पन्न

0

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौ जिल्ला समितिको चौथो पुर्ण बैठक काठमाण्डौ जिल्ला कार्यालयमा सम्पन्न भएको छ ।

केन्द्रिय सदस्य तथा काठमाडौ सेक्रेटरी क तुलसी नारायण सि को अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी को पि.वि.एम. तथा काठमाडौ, धादिङ, डि 1 इन्चार्ज क प्रज्वल सि को प्रमुख आतिथ्यतामा बैठक बसि महत्वपुर्ण निर्णय सहित मंसिर ४ को संघ र प्रदेशको चुनाव खारेज गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी सि सि एम द्वय क. राजकुमारी सि क ज्ञानु सि केन्द्रिय प्रतिनिधि सदस्य द्धय क. प्रताप सि क. गोपाल सि लगायत विभिन्न नगर र महानगर इन्चार्ज सहित जिल्ला सदस्य हरुको उपस्तिथि रहेको थियो । वैठकलाई प्रशिक्षणमुलक मनतव्य राख्दै पि.वि.एम. क. प्रज्वलले नेकपाको केन्द्रीय समितिको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

दलाल संसदीय पुँजीवादी व्यवस्था, भुमण्डलीकृत पुँजीवाद आजको मुलुकको मुख्य वाधक भएकोले यसको अन्त गरी एकीकृत जनक्रन्ती मार्पmत वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागी सवै लाग्नु पर्ने वताउनु भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।