१५ बैशाख २०८१, शनिबार

संसदिय प्रणाली जनताको व्यवस्था नभएकाले चुनाव खारेजको कार्यनीति लियाैँ : प्रकाण्ड

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले संसदिय प्रणाली जनताको व्यवस्था कहिल्यै नभएको र हुन पनि नसक्ने भएकोले आफुहरुले चुनाव खारेजको कार्यनीति लिएको बताएका छन् ।

आइतबार तीन कम्युनिस्ट क्रान्तिकारी पार्टीद्वारा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित संयुक पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भने,-“नेपालको कम्युनिस्ट आन्दोलनमा साझा कार्यक्रम र सहकार्यको हिसाबले संयुक्त रणनीतिक मोर्चा नयाँ प्रयोग हो । हामीले यसलाई प्रयोग गर्दैछौँ।”
यस्तै आसन्न संसदिय निर्वाचन किन खारेज गरियो भन्ने कुरातर्फ संकेत गर्दै प्रवक्ता प्रकाण्डले भने, “चुनावबाट आउने नयाँ व्यक्तिहरु अझ बढी साम्राज्यवादका एजेण्ट भएर आउनेछन् र जनताको अवस्था नाजुक छ, दयनीय छ, देशमा आर्थिक राजनीतिक संकट यथावत छ यसलाई हल गर्ने भन्दा पनि यो संकटबाट फाइदा उठाउन दलालहरु चुनावको नाटक गर्दैछन् यसको कुनै औचित्य छैन । त्यसैले हामीले चुनाव खारेजीको नीति लिएका हौँ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।