
२०कार्तिक, काठमाडौ संसदवादी चुनाव होइन स्थिरता बसालौ ! बिकल्पमा व्यक्ति होइन व्यवस्था वदलौ !! बोलको म्युजिक भिडियो आजबाट सार्वजनिक गरिएको छ । जनवादी गितकार तथा संगीतकार चिरन सी र प्रेम सी को संयुक्त गिति प्रस्तुति : चुनाव शिर्षकको म्युजिक भिडियो काठमाडौमा सम्पन्न एक कार्यक्रम विच सार्वजनिक गरिएको हो ।
काठमाडौको प्रदर्शनी मार्ग स्थिति नेपाल पर्यटन वोर्डको हलमा आयोजित म्युजिक भिडियो सार्वजनिकिकरण कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सी ले औपचारिक रुपमा उध्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आशनग्रहण पछि मन्तव्य राख्ने क्रममा प्रबक्ता प्रकाण्डले आशन्न संसदिय चुनावमा पार्टीले लिएको चुनाव खारेजीको कार्यनीतिबारे प्रस्ट्याउदै भने, “तपाइहरुलाई भोट माग्ने अधिकार हुन्छ भने हामीलाई भोट नदिन भनेर जनतालाई अपिल गर्ने अधिकार पनि हुन्छ । यो लोकतान्त्रिक र नागरिकको व्यक्तिगत अधिकारको सवाल हो ।”
मन्तव्यको क्रममा जनपक्षीय कला साहित्यको महत्त्व र सान्दर्भिक बारे प्रवक्ता प्रकाण्डले भने “हाम्रो सास्कृतिक आन्दोलनलाई वर्ग संघर्ष सङ्ग जोड्नु पर्छु । त्यसको एउटा कडि यो म्युजिक भिडियो हो ।”
लेनिनले जनताको कलासाहित्य वर्गसंघर्ष बाट जन्मिन्छ भन्नु भएको थियो, हामीले नेपालमा दलाल पुजिवाद विरुद्धको जनताको मुक्ति आन्दोलनको बिचबाट जनपक्षीय कला साहित्य जन्मिने छ भनेका छौ, हामिले लिएको निर्वाचन खारेजको नितिले हाम्रा कलाहरु प्रस्तुत गर्न समेत रोक्ने प्रयास दलाल राज्यले गरिरहेको छ ।
त्यसको एउटा उदाहरण वुटवलमा हिजो सामना कलाकारलाई गित गाउन दिइएन । चुनावको विरोध गर्ने हरुलाई राजनीति गतिविधि बाट समेत अलग्याउनु पर्छ भन्ने षड्यन्त्र साम्राज्यवादले गरीरहेको छ ।
त्यस बिरुदको एउटा बुलेट यो म्युजिक भिडियो पनि हो, यसका लागि तपाई श्रस्टाहरुलाई धन्यवाद छ , उनले भने “कला साहित्य र सस्कृति भनेको समाज, राजनीति र आर्थिक आधारकोको ऐना हो भनेर माओले भन्नु भएको थियो त्यो भनेको हाम्रो समाजको विभिन्न आयाम अनुसार कला र सिर्जनाको क्षेत्रलाई पनि व्यापक बनाउदै लैजानु पर्छ भन्ने कुरालाई पनि हामीले भुल्नु हुदैन ।”
अहिले कला साहित्य देखि समाजका क्षेत्रहरु दलाल पुजिबाद बाट प्रबाहित भैरहेको बेला प्रगतिशील र जनवादी श्रस्टाहरुले कलाको माध्यमबाट नागरिकलाई सुसज्जित गर्ने काम भनेको नदीको उल्टो प्रबाह मा हिड्नु जस्तै हो ।
त्यो हिम्मत नगर्ने हो भने हामीले नयाँ कुराको जन्म र बिकास पनि गर्न सक्दैनौ प्रबक्ता प्रकाण्डले थपे ।” सोध न सोध आफलाई सोध, सोच न सोच सहिबाटो सोच” भन्दै साहित्यक र गित संगितको आवज द्वारा चुनावमा देश विरोधी र भ्रष्ट नेता र पार्टीलाई मतदान नगर्न आह्वान गरिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा नेकपा अध्यक्ष ऋषि कट्टेलले साङ्स्कृतिक क्षेत्रलाई अलिकति व्यापक र खुकुलो बनाउदै सिर्जनाहरुलाइ फराकिलो बनाउदै जानु पर्छ भन्दै श्रस्टाहरुको प्रशङ्सा गरेका थिए ।
बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष तथा गित तथा संगितकर्मी आहुतीले मन्तव्य राख्दै -नेपालका प्रगतिशील गितसंगीतको इतिहास गोकुल जोशीबाट शुरु हुन्छ, यो गित अहिले चलि आएका प्रगतिशील गितहरु मध्ये आम गित हो, यो बिशिस्ट गित होइन, यत्तिले मात्र प्रगतिशील गित स्थापित गर्दैन भन्दै म्युजिक भिडियोको समिक्षात्मक टिप्पणी गरेका थिए ।
हाम्रा प्रगतिशील गितसंगित टेलिभिजनमा बज्दैन भन्ने होइन, बज्न लाएक गित बनाउन नसकिएको सत्य हो । अथवा गुणस्तरीय गित बनाउन नकिएको सत्य हो ।अब हामीले प्रगतिशील गितको पुरानो आयाम क्रमभङ्ग गर्नु पर्छ ।
हाम्रा गित संगितले मगर, थारु र मैथिलीहरुको भासामा गित लेखेर उत्थान गर्नु पर्छ प्रगतिशील गितसंगित भनेको लोक गितहरुको हत्यारा हुनु हुदैन, जवकि लिकगीतमा बिबिधता छ तर जनवादी गितहरुले नेपाली भासाको माध्यमबाट मात्रै सिर्जना गर्दा यस्तो समस्या देखियो उनले थपे । -दशगजा, भिमदत्त जस्ता देशभक्तिमा आधारित चलचित्र बनाएकाअभिनेता तथा वरिष्ठ चलचित्र कर्मि नवल खड्काले यो म्युजिक भिडियोमा कतिपय सिमा छ्न, साधन श्रोतको अभावले पनि यस्तो हुन्छ तर यसको मुल भाव सहि छ, गितमा देशभक्ति छ, श्रमजीवी जनतालाई केन्द्रमा राखिएको छ भन्दै आफुले अब छिट्टै अब काडेतार नामक नेपाली चलचित्र रिलिज गर्न लागेको जानकारी दिएका थिए ।
यस्तैआज सार्वजनिक भएको चुनाव गिती म्युजिक भिडियो माथि समिक्षात्मक टिप्पणी गर्दै समिक्षक तथा बरिस्ठ जनवादी श्रस्टा माधव प्रधानले, “झापाली क्रान्तिमा नरेश खरेल ले रचना गरेको गितमा संगित भरेर हामीले गित गाएका थियौ । चुनाव गितको संगित निकै राम्रो छ ।
हामीले बनाउने गितहरु जनताले ट्याक्क ट्याक्क टिपेर गाउन सक्ने सरल गित बनाउनु पर्छ भन्ने मेरो सुझाव छ, यो गित आमसभाको माइकमा गाउन राम्रो हुने गित हो, नयाँ कलाकारहरुका लागि गित निकै अफ्ठ्यारो पनि लाग्न सक्छ गितको सिन हरु सरल छ हामीले यसरी नै काम गर्नु पर्छ भन्दै गितको समालोचना गरेका थिए भने समिक्षक, जनवादी कलाकार तथा रक्तिम यात्राका श्रस्टा नारायण शर्माले, गितमा व्यक्त शब्द र भाव मुख्य पक्ष हो ।
संसदिय चुनावले असली अर्थमा जनताको अभिमतको प्रतिनिधित्व गर्न सक्दैन । उनिहरु चुनाव जितिसकेपछि जनमतको दुरुपयोग गर्छ्न, रास्ट्रघात गर्छन र भ्रस्टाचार गर्छ्न, यसलाई चिरफार गर्ने र जनतालाई सुसज्जित गर्ने महत्त्वपूर्ण जिम्मेवारी यो गितलेबोकेको छ ।
प्रगतिशील गितहरु जति सरल बनाउन सकिन्छ त्यति नै जनताले गुङुनाउन सक्छन, हामीले यस तर्फ सोच्नु पर्छ भन्दै सुझाव सहित समिक्षा गरेका थिए । कार्यक्रममा जनपक्षीय कलाकारिता र जनवादी सास्कृतिक आन्दोलनमा योगदान पुर्याएका श्रस्टाहरु अनु आचार्य, जनवादी गायक तथा संगितकार माधव प्रधान, चुनाव गितको गाइका शारदा रसाइली, प्रेमदिप राम्जाली, गोपाल दयाल, मिलन श्रेष्ठ, रोशन धिताल, सन्तोष तिमल्सिना, नारायण दङ्गाल, प्रेम सी, चिरन सी, पिटर सि लाई कदरपत्र सहित सम्मान गरियको थियो ।
कार्यक्रमको अध्यक्षत पछि समापन गर्ने क्रममा चिरन सी ले, होचि मिन्ह र लुशुन नभएको भए भियतनामी क्रान्ति र चिनियाँ क्रान्ति कसरी पुर्ण हुन्थ्यो ? नेपाली क्रान्तिमा चुनु गुरुङ र कृष्णसेन इच्छुक नभएको भए के नेपालको क्रान्तिले त्यो उचाइ हासिल गर्न सम्भव थियो ? भन्दै कार्यक्रमको समापन गरेका थिए भने गितकार प्रेम सी ले कार्यक्रमको सञ्चालन गरेका थिए ।