११ बैशाख २०८१, मंगलवार

नेकपा रुकुम पश्चिमको चुनावी खारेजी अभियान तीव्र

0

नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको चुनावी खारेजी अभियान तीव्र रुपमा अगाडि बढेको छ ।
कात्तिक १७ गतेबाट सुरु भएको अभियान जनताको श्रममा जोडिदै ठाउँठाउँ कोणसभा गर्दै अगाडि बढेको छ ।
अभियान अन्तरगत आठबिकोट नगरपालिका ११ का किसानको धान मिर्ने, चुट्ने जनश्रमदान गरिएको छ ।

त्यसैगरी चुनावी खारेजी अभियान अन्तरगत विभिन्न ठाउँमा काेणसभा गरिएको छ । काेणसभा भएका ठाउँहरु आठबिकोट नगरपालिकाका -११ चिसापानी, आठबिकोट नगरपालिकाकै भल्म र बाकेमा, सानीभेरी गाउँपालिकाकाे बलिबाङ, गिठाकोट, पेदी बजार, सिम्लि बजारमा, मुसिककोट नगरपालिकाकाे चौतारा, १४ नम्बर वडा कार्यलय अगाडि, सोलाबाङ्ग बजारमा कात्तिक २० गते सम्म कार्यक्रम भएको छ ।
अभियानको नेतृत्व पार्टी केन्द्रीय सदस्य चन्द्र सि र भाष्कर सिले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।