७ बैशाख २०८१, शुक्रबार

नेकपाको चुनाव खारेज अभियान अन्तर्गत ठहिटीमा कोणसभा सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको घोषित कार्यक्रम अन्तर्गत आज काठमाडौंको ठहिटीमा कोणसभा सम्पन्न भएको छ ।
मङ्सिर ४ गते हुन गइरहेको सङ्घ र प्रदेशको चुनाव पार्टीले खारेज गर्ने निर्णय अनुरुप उक्त काेणसभा गरिएको बताइएको छ ।
कोणसभालाई पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य तथा महानगर इन्चार्ज प्रताप सी ले सम्बोधन गर्दै मङ्सिर ४ को चुनाव अर्धमुर्छित दलाल संसदिय व्यवस्थालाई जीवन दान दिएर बिउताउनु सरह भएको बताए । एमसीसी एसपीपी जस्ता रास्ट्रघाती सम्झौता गर्ने दलाल संसदिय व्यवस्थालाई वैधानिक लाईसेन्स दिनु मात्रै हो भन्दै महङ्गी, भ्रष्टाचार, बलात्कार, अत्याचार कान्डै कान्डले भरिएको यो दलाल संसदिय व्यवस्थालाई फ्याकी वैज्ञानिक समाजवादको शासन व्यवस्था ल्याउन यो मङ्सिर ४ को चुनाव सशक्त ढङ्गले खारेज गर्न आह्वान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।