८ बैशाख २०८१, शनिबार

व्यवस्था नफेरेसम्म व्यक्ति फेर्नुको कुनै औचित्य छैन भन्दै चुनाव खारेज गर्न नेकपाको अपिल (पत्रसहित)

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले आसन्न मंसिर ४ गते घोषणा गरिएको संघ र प्रदेशको निर्वाचन खारेज गर्न अपिल गर्देै जनसमुदायहरुमाझ अपिल जारी  गरेको छ ।

दलाल पूँजीवादी सत्ताको चुनाव खारेज गरौं ! एकीकृत जनक्रान्तिमा अगाडि बढौं !! भन्ने मूल नारासहित नेकपा नवौं केन्द्रीय समितिले अपिल जारी गरेको छ ।

चुनाव खारेज गर्न अपिल गर्दै नेकपाले भनेको छ,‘किनकि आवश्यकता व्यक्ति चुन्ने नभएर व्यवस्था चुन्ने या बदल्नु पर्नेछ । व्यक्ति चुन्दाचुन्दा, व्यक्ति फेर्दा फेर्दा आजित हामी नागरिकहरुले बुझ्नै पर्छ कि व्यवस्था नै खराब र जनविरोधी भइसकेपछि नेता र व्यक्ति फेरेर कुनै अर्थ छैन । व्यक्ति फेरेर व्यवस्था फेरिदैन । व्यवस्था नफेरेसम्म व्यक्ति फेर्नुको कुनै औचित्य छैन । नेपालमा फेर्नु पर्ने र चुन्नु पर्ने राज्य सत्ता हो, व्यक्ति मात्र होइन । जनतामाथि जबरजस्त दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था लादियो । यो व्यवस्था हुँदैन, चल्दैन, यो जनताको होइन, सफल हुँदैन, देश र जनताले दुःख पाउँछन् भन्दाभन्दै अमेरिका, भारत, युरोपीयन युनियनको आदेशमा नेपालका दलालहरुले थोपरे ।’

नेकपाद्वारा सार्वजनिक गरिएको अपिलमा भनिएको छ,–
‘जुन व्यवस्था फेर्नका लागि हजारौंको रगत बग्यो, हजारौं घाइते अपाङ्ग छन्, ४० जनाभन्दा बढी युवाहरु जेलमै सडाइएका छन् । सयौं–हजारौं झुट्टा मुद्दाहरु हजारौं नेता कार्यकर्ताका नाममा छँदैछन् । आखिर हामीले भनेकै जस्तो भयो । यो दलाल पूँजीवादी सत्ता थोपरेदेखि न देशमा शान्ति छ, न जनताले कुनै सुखसुविधा पाएका छन्, न अध्ययन–लेखन, रोजगारी, खाने वस्ने वातावरण छ, न न्याय र सुशासन छ । जताततै वेथिति, अराजकता, लुटपाट, भ्रष्टाचार, दलाली, तस्करी छाएको छ ।’

यस्तै अपिलमा भनिएको छ, ‘यो व्यवस्था नै जनताको नभएर लुटेरा, भ्रष्ट, दलालहरुको भएपछि चुनावमा जसलाई चुने पनि भ्रष्ट, लुटेरा, दलाल ‘ मध्ये नै पर्ने हो । कदाचित कोही इमान्दार परेछ भने पनि ऊ हार्न विवस छ या जिते पनि दलालहरुको साछी बस्न बाध्य छ र हुनेछ । यसर्थ हामीले जोलाई भोट हाले पनि यो पाँच बर्ष लुट्ने जिम्मा कसलाई दिने भनेर सहमति दिनु मात्रै हो । त्यसो हो भने कुनै एक लुटेरालाई लुट्ने अधिकार आप्mनै हातले किन दिने ? नदिउँ । हामीले हाकाहाकी भन्न हिचकिचाउनु पर्ने छैनकि देश वेहाल, कंगाल, नवऔपनिवेश बनाउने दलाल पूँजीवादी सत्ताको जरोकिलो नउखेलेसम्म र यसको स्थानमा श्रमिक जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म देशले स्वाधीनता, स्वतन्त्रता, मुक्ति र शान्ति पाउने छैन । त्यसैले चुनावमा भोट दिएर होइन खारेज गरेर नयाँ निकासको आवश्यकताको सन्देश दिन जरुरी छ ।’

जारी अपिलमा आमजनसमुदायलाई सम्बाेधन गर्दै लेखिएको छ, ‘अन्तमा हामी तपाईहरु जो इतिहासको निर्माण गर्ने शक्ति हो, पुरानोलाई भत्काउने र नयाँको सृजना गर्ने तागत तपाईंहरुलाई विनम्र अनुरोध गर्दछौं कि एकचोटी हाम्रा स्वाभिमानी, निडर, साहसी, श्रमशील, आत्मनिर्भर पूर्वजहरुलाई संझेर, सारा श्रमिक जनताका चाहना र नयाँ पुस्ताको भविष्यलाई हेरेर विदेशीहरुको इसारामा लादिएको, उनीहरुकै सेवामा चल्ने, लाचार दलालहरुको सत्ता संसदीय व्यवस्थालाई फाल्नतिर अगाडि बढौं । कुनै लोभ, लालच, डर त्रासमा नपरेर दलाल पूँजीवादको गर्भमा हुर्किदै गरेको र जुनसुकै बेला विस्फोट हुनसक्ने एकीकृत जनक्रान्तिको संभावनालाई पकड्न तयार बन्दै जाउँ । पहिले व्यवस्था फेर्नेतिर लागौं अनि चुनौंला व्यक्ति, निर्वाचित गरौंला असल व्यवस्थाका असल पात्र र नेताहरु !’

अपिलको पूरा पाठ-
दलाल पूँजीवादी सत्ताको चुनाव खारेज गरौं ! एकीकृत जनक्रान्तिमा अगाडि बढौं !! आदरणीय जनसमुदाय यही मंसिर ४ गते हुने भनेको संघ र प्रदेशको चुनावलाई खारेज गरौं । किनकि आवश्यकता व्यक्ति चुन्ने नभएर व्यवस्था चुन्ने या बदल्नु पर्नेछ । व्यक्ति चुन्दाचुन्दा, व्यक्ति फेर्दा फेर्दा आजित हामी नागरिकहरुले बुझ्नै पर्छ कि व्यवस्था नै खराब र जनविरोधी भइसकेपछि नेता र व्यक्ति फेरेर कुनै अर्थ छैन । व्यक्ति फेरेर व्यवस्था फेरिदैन । व्यवस्था नफेरेसम्म व्यक्ति फेर्नुको कुनै औचित्य छैन । नेपालमा फेर्नु पर्ने र चुन्नु पर्ने राज्य सत्ता हो, व्यक्ति मात्र होइन । जनतामाथि जबरजस्त दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था लादियो । यो व्यवस्था हुँदैन, चल्दैन, यो जनताको होइन, सफल हुँदैन, देश र जनताले दुःख पाउँछन् भन्दाभन्दै अमेरिका, भारत, युरोपीयन युनियनको आदेशमा नेपालका दलालहरुले थोपरे । जुन व्यवस्था फेर्नका लागि हजारौंको रगत बग्यो, हजारौं घाइते अपाङ्ग छन्, ४० जनाभन्दा बढी युवाहरु जेलमै सडाइएका छन् । सयौं–हजारौं झुट्टा मुद्दाहरु हजारौं नेता कार्यकर्ताका नाममा छँदैछन् । आखिर हामीले भनेकै जस्तो भयो । यो दलाल पूँजीवादी सत्ता थोपरेदेखि न देशमा शान्ति छ, न जनताले कुनै सुखसुविधा पाएका छन्, न अध्ययन–लेखन, रोजगारी, खाने वस्ने वातावरण छ, न न्याय र सुशासन छ । जताततै वेथिति, अराजकता, लुटपाट, भ्रष्टाचार, दलाली, तस्करी छाएको छ । हुँदाहुँदा हाम्रो पार्टीसँग सहमति गरेको ३ बुदे सहमति पनि लागु नगरेर उल्लङ्घन गरिरहेको छ । अमेरिकी साम्राज्यवादले एमसीसी पास गराएर नेपाललाई नवउपनिवेशमा पुर्याएकोछ । उसको दवदवा छ, यहाँका संसद्वादी दलालहरु उनीहरुको पाउँमा पुजा गरिरहेका छन् । जनतामा असन्तुष्टि, वचैनी, आक्रोस र विद्रोह चलिरहेको छ । केवल ५प्रतिशत शोषक, दलाल र लुटेराहरुले मात्र यो व्यवस्थामा मोजमस्ती उडाइरहेका छन् र उत्सव मनाइरहेका छन् । यो व्यवस्था नै जनताको नभएर लुटेरा, भ्रष्ट, दलालहरुको भएपछि चुनावमा जसलाई चुने पनि भ्रष्ट, लुटेरा, दलाल मध्ये नै पर्ने हो । कदाचित कोही इमान्दार परेछ भने पनि ऊ हार्न विवस छ या जिते पनि दलालहरुको साछी बस्न बाध्य छ र हुनेछ । यसर्थ हामीले जोलाई भोट हाले पनि यो पाँच बर्ष लुट्ने जिम्मा कसलाई दिने भनेर सहमति दिनु मात्रै हो । त्यसो हो भने कुनै एक लुटेरालाई लुट्ने अधिकार आप्mनै हातले किन दिने ? नदिउँ । हामीले हाकाहाकी भन्न हिचकिचाउनु पर्ने छैनकि देश वेहाल, कंगाल, नवऔपनिवेश बनाउने दलाल पूँजीवादी सत्ताको जरोकिलो नउखेलेसम्म र यसको स्थानमा श्रमिक जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म देशले स्वाधीनता, स्वतन्त्रता, मुक्ति र शान्ति पाउने छैन । त्यसैले चुनावमा भोट दिएर होइन खारेज गरेर नयाँ निकासको आवश्यकताको सन्देश दिन जरुरी छ । हामी जनतालाई अर्को तथ्य पनि बताउन चाहन्छौंकि राज्यसत्ता र व्यवस्था चुनावबाट मात्र बदल्न संभव छैन । किनकि चुनावमा जनताको मत होइन पैसा, पूँजी, बन्दूक, षडयन्त्र, विदेशी मालिकहरु प्रयोग हुन्छन् । यदि जनताको राज्यसत्ता स्थापना गर्ने हो भने क्रान्ति अर्थात एकीकृत जनक्रान्ति आवश्यक छ । पुरानो सत्ता जबरजस्त लाद्ने बलका विरुद्ध जनताको बल, जनतालाई दवाउने प्रतिक्रान्तिका विरुद्ध क्रान्ति, दलाल र साम्राज्यवादीहरुको एकता विरुद्ध सारा प्रगतिशील, देशभक्त, कम्युनिष्ट शक्तिहरुको एकता आवश्यक छ । त्यसका लागि चुनावमा होइन एकीकृत जनक्रान्तिमा लामबद्ध हुन तयार बनौं । श्रमिक जनताले बुझ्दै गएको र बुझ्नै पर्छ वैज्ञानिक समाजवाद मात्र जनताको व्यवस्था हो । दशकौं देखिको जनचाहना पनि वैज्ञानिक समाजवाद नै हो । आज हरेक श्रमिक जनतालाई सोध्नुस् वैज्ञानिक समाजवाद हेर्ने र अनुभव गर्ने उच्च लालसा छ । हामी सवै त्यसैका लागि अगाडि बढौं । चुनावको भ्रममा नपरौं । आदरणीय आमा बुवा, दाजुभाइ दिदीवैनी, अन्तमा हामी तपाईहरु जो इतिहासको निर्माण गर्ने शक्ति हो, पुरानोलाई भत्काउने र नयाँको सृजना गर्ने तागत तपाईंहरुलाई विनम्र अनुरोध गर्दछौं कि एकचोटी हाम्रा स्वाभिमानी, निडर, साहसी, श्रमशील, आत्मनिर्भर पूर्वजहरुलाई संझेर, सारा श्रमिक जनताका चाहना र नयाँ पुस्ताको भविष्यलाई हेरेर विदेशीहरुको इसारामा लादिएको, उनीहरुकै सेवामा चल्ने, लाचार दलालहरुको सत्ता संसदीय व्यवस्थालाई फाल्नतिर अगाडि बढौं । कुनै लोभ, लालच, डर त्रासमा नपरेर दलाल पूँजीवादको गर्भमा हुर्किदै गरेको र जुनसुकै बेला विस्फोट हुनसक्ने एकीकृत जनक्रान्तिको संभावनालाई पकड्न तयार बन्दै जाउँ । पहिले व्यवस्था फेर्नेतिर लागौं अनि चुनौंला व्यक्ति, निर्वाचित गरौंला असल व्यवस्थाका असल पात्र र नेताहरु ! धन्यवाद ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।