१३ बैशाख २०८१, बिहीबार

नेकपाले चुनाव खारेजीको अपिल गर्दै जनसमुदायलाई पर्चाहरु बाड्दै

0

भक्तपुर : चुनाव खारेजको कार्यनीति लिएको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ मा हुन गइरहेको चुनाव खारेजीको अपिल गर्दै जनतालाई अपिल सहितको पर्चाहरु बाड्ने अभियान सुरु गरेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मा सुकुम्बासी बस्तीमा पर्चा बाँडेको नेकपा मध्यपुर ठिमी नगरपालिका क्षेत्र न २ का इन्चार्ज अपार सीले बताए । उक्त अभियान निरन्तर जारी राख्ने उनको भनाइ थियो ।

यसरी नेकपासहित दुई अन्य पार्टीले संयुक्त रुपमा चुनाव खारेजीको कार्यक्रम अगाडि सारेका छन् ।

संसदीय व्यवस्थाको चुनावको कुनै अर्थ नभएको र चुनाव नै गर्ने भए राजनीतिक व्यवस्थाको लागि जनमत संग्रह गर्नु पर्ने नेकपाको धारणा छ । नेकपाले वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने माग राख्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।