१५ चैत्र २०८०, बिहीबार

दाङबाट नेकपाका ३ नेता गिरफ्तार

0

घोराही: नेपाल कम्युनिस्ट पार्टी दाङका ३ नेता गिरफ्तार भएका छन् ।
आज घोराहीमा शान्तिपूर्ण ढंगले भित्तेलेखन कार्यक्रमबाट अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य एवम पार्टीका जिल्ला कमिटी सदस्य अशोका सी,पार्टीको सहायक संगठन युवा संगठन नेपालका जिल्ला सचिव एवम पार्टीका जिल्ला कमिटी सदस्य पदम सी , पार्टीका जिल्ला कमिटी सदस्य रेमन्त सीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

नेकपा दाङका जिल्ला सेक्रेटरी प्रदिप सीले शान्तिपूर्ण कार्यक्रमबाट गिरफ्तार गरिएका नेता-कार्यकर्तालाई अबिलम्ब निसर्त रिहा नगरे प्रतिरोधात्मक ढंगले खारेजी अभियानलाई थप सशक्त बनाउने बताए ।

उनले भने, ‘हामी यो निर्वाचनलाई खारेज गर्ने भनेका छौँ । चुनाव खारेजीका लागि हामीले जिल्लामा शान्तिपूर्ण ढंगले भित्तेलेखन पोस्टरिङ, पर्चा वितरण, घरदैलो अभियान संचालन गरिरहेका छौँ तर प्रशासनले शान्तिपूर्ण कार्यक्रममा अनावश्यक दमन गरिरहेको छ । शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा अनावश्यक दमन गरिरहे निर्वाचन खारेजी अभियानलाई प्रतिरोधात्मक संघर्ष समेत चलाउने चेतावनी दिन चाहान्छौँ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।