७ बैशाख २०८१, शुक्रबार

नेकपा कालिकोटद्वारा संघ र प्रदेशको चुनाव सशक्त खारेज गर्ने निर्णय

0

कालिकोट: नेपाल कम्युनिष्ट पार्टी कालिकोटले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशतहको कथित संसदीय चुनाव सशक्त खारेज गर्ने निर्णय गरेको छ ।  नेकपाले यो चुनावले देश र जनताको समस्या समाधान गर्ने नभई अपराध र अपराधीलाई वैद्यता दिने भन्दै खारेज गर्न आह्वान गरेको छ ।
नेकपा कालिकोटका जिल्ला इन्चार्ज विराट सी र सेक्रेटरी शाहसी सीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी कार्तिक १४ र १५ गते वसेको जिल्ला समितिको चौथो पूर्ण बैठकले  यस्तो निर्णय गरेको जानकारी दिएका छन् ।
 जारी विज्ञप्तिमा नेकपाले  कथित संघ र प्रदेशको निर्वाचनले देश बेचुवा, भ्रष्टाचारी, कमिशनखोरी, लुटेरा,दलाल राजनीति, नाफावादी जमिनदार व्यक्ति चुन्ने भएकाले सशक्त खारेज गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।
नेकपाले तत्काल देशको वैज्ञानिक निकास भनेको एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु भएको भन्दै चुनाव खारेजको अभियानमा सबै कालिकोटे जनता लाग्न पनि अपिल गरेको छ ।

नेकपाको बैठकले चुनाव खारेजीको निर्णयसंगै जिल्लामा आन्तरिक प्रशिक्षण संचालन गर्ने, बाढी पहिरो पीडितलाई भेटघाट गर्ने, राहत दिने, क्षतिको विवरण संकलन गर्ने, जनवर्गीय संगठनलाई सुदृढ र विस्तार गर्ने, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने, नवौं महाधिवेशनले गरेका निर्णय कार्यान्वय गर्ने, महाधिवेशनलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिने लगायतका निर्णय पनि गरेको जनाएको छ ।
बैठक जिल्ला सेक्रेटरी शाहासीको अध्यक्षता र स्थायी समिति सदस्य भरत सीको प्रमुख आतिथ्यतामा बसेको थियो । बैठकमा केन्द्रीय सदस्य विराट सी,रणदिप सी लगायतका अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरणरहोस्: नेकपाले आन्तरिक पार्टी प्रशिक्षण र बाढी पहिरो पीडित परिवारलाई राहत दिने निर्णय भने कार्यान्वयन गरिसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।